Comments Add Comment

‘कोक खाम् रसिया जाम’ योजनाको ४० विजेताको नाम घोषणा


११ बैशाख, काठमाडौं । कोकाकोला नेपालले सञ्चालन गरेको सबैभन्दा ठूलो उपभोक्ता प्रमोशन क्याम्पेन ‘कोक खाम् रसिया जाम’ अभियान अन्र्तगत ४० भाग्यशाली बिजेताको छनोट भएको छ ।

उनीहरु सबैले रसिया पुगेरे त्यहाँ लाग्ने सम्पूर्ण खर्चसहित कम्पनीले ब्यर्होने गरि रसियामा हुने विश्वकप २०१८ को प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

यो योजना फेब्रुवरी १५, २०१८ बाट सुरु भएर अपि्रल १५ मा समापन भएको हो । जहाँ ४० जना भाग्यसाली बिजेताको नाम घोषणा भएको छ । साथै १८ जना भाग्यसाली उपभोक्ताले २४ इन्चको टेलिभिजन जितेका छन् । साथै १० हजार भन्दा बढिले फिफाको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जिते ।

कोका कोला नेपालले संचालन गरेको यो सबैभन्दा ठुलो उपभोक्ता क्याम्पेन हो । यस क्याम्पेनबाट छानिएका ४० जना नेपाली रसियामा प्रत्यक्ष फुटवल विश्वकप हेर्न जाँदैछन् ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भनेे ‘हामी निकै खुसी छौँ किन भने यो क्याम्पेन नेपाली कोकाकोलाका उपभोक्ताको लागि अविस्मरणीय भयो । यो सबैभन्दा ठुलो मध्येको एक क्याम्पेन थियो । जहाँ ४० जना भाग्यमानी विजेताले रसिया गएर प्रत्यक्ष खेल हेर्ने मौका पाउन भए भने टेलिभिजन र अन्य फिफाको लोगो अंकित बिशेष उपहार जित्न सफल भएका छन् । यो पुरै क्याम्पेनमा ग्राहकको जुन सहयोग र साथ पायाैं हामी निकै खुसी छौँ । निकट भविष्यमा यस्ता खालको क्याम्पेन संचालन गर्दै जानेछौँ । यो क्याम्पेनलाई अस्मरणिय बनाई दिनु भएकोमा हामी उपभोक्ता प्रति कृतज्ञता ब्यक्त गर्दछाैं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment