
१४ वैशाख, काठमाडौं । वागमती किनारको सुकुम्बासी बस्तीमा एक व्यक्तिले दुई ‘झड्केलो’ छोरालाई हत्या गरेका छन् ।
दिलीप यादवले छोराहरु ८ वर्षीय सुजल र ६ वर्षीय सुजनको हत्या गरेका हुन् । उनले दुई छोराको हत्या गरी शव कोठामै लुकाएर राखेको अवस्थामा फेला पारेको छ ।
प्रहरीका अनुसार सुजन र सुजलकी आमा सम्झना सरदार दशैं अघिदेखि दिलीपसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । सुजन, सुजल र उनीहरुकी दिदी भने नजिकै हजुरआमासँग बस्दै आएका थिए ।
दिलीपले पिट्ने गरेका कारणसँगै बस्न डराउथेँ । बेलाबेला मात्र आमासँग आउथेँ । तर, करिव एक महिनादेखि आमा बेपत्ता भएपछि दिलीपले दुबै छोराको हत्या गरेका हुन् ।
स्थानीयका अनुसार दिलीपले सम्झनालार्इ कुटपिट र दुर्व्यवहार गरेपछि उनी बिराटनगर गएकी थिइन् । त्यसयता दुर्इ छोराहरू हजुरअामासँग बस्दै अाएका थिए ।
सोमबार बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका थिए । तर, दुबै बालकको शव घरमै भेटिएको छ ।
उनीहरुका आमा भने विराटनगर पुगेको पाइएको छ । दिलीपको खोजी भइरहेको छ ।
प्रतिक्रिया 4