+
+

सुरु भयो बालविवाहविरुद्ध सय दिने सञ्चार अभियान

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १७ गते १५:३१

१७ वैशाख, काठमाडाैं । सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चाललित सीआईएनले बालविवाहविरुद्धको सय दिने सञ्चार अभियान सुरु गरेको छ ।

सीआईएनले सोमबार अन्तरक्रिया कार्यक्रमका साथै पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो ।

सय दिनमा रेडियोमार्फत बालविवाह अत्यका लागि १० हजार व्यक्तिको प्रतिबद्धता र विचार प्रस्तुत गरिने सीआईएनका प्रमुख दीपक आचार्यले जानकारी दिए ।

देशभरी रहेका सामुदायिक रेडियोमार्फत तल्लो तहका नागरिकहरुको आवाज संकलन गर्ने र सीआईएनमार्फत नीतिगत तहमा सरोकारवालाको प्रतिवद्धता खोज्ने उनेको भनाइ छ ।

देशैभरी बालविवाहविरुद्धको सन्देश फैलाउन अभियान केन्द्रित हुनेछ । आचार्यका अनुसार अभियानका क्रममा सीआईएन र सामुदायिक रेडियोले ठाउँठाउँबाट प्रत्यक्ष प्रसारण, स्टुडियोमा छलफल तथा विचार र प्रतिवद्धतालाई प्रसारण गर्नेछन् ।

वर्ल्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा सुरु भएको अभियानलाई परियोजनाको रुपमा नबुझ्नका लागि आग्रह गर्दै वर्ल्डभिजन इन्टरनेशनल नेपालका जनसम्पर्क निर्देशक पुस्कर खातीले यस अभियानलाई सफल बनाउन सामुदायिक रेडियोलाई सबै सरोकारवालाले सहयोग गर्नु पर्ने बताए ।

बालविवाहको सन्देशलाई रेडियो लगायतका सञ्चार माध्यममार्फत फैलाउदा बढी प्रभावकारी हुने भएकाले आफूहरुले रेडियोसँग सहकार्य गरेको उनको भनाइ छ ।

मंगलबारबाट सुरु हुने अभियान आउँदो साउन २६ गतेसम्म सञ्चालन हुनेछ ।

सय दिने अभियानका क्रममा स्थानीय तह तथा प्रदेश सरकारलाई बालविवाहमुक्त नेपालका लागि प्रतिवद्ध गराउन सञ्चार माध्यमले भूमिका खेल्ने विश्वास लिइएको छ ।

सीआईएन र सामुदायिक रेडियोमार्फत उठेका सवाललाई आफूहरुले पनि उठाउने बिभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुले बताएका छन् ।

अभियानमा बालविवाह सम्बन्धी विचार र प्रतिवद्धता सीआईएनको स्टुडियोमै पुगेर पनि जो सुकैले आफ्नै आवाजमा राख्न सक्ने तथा टेलिफोनबाट रेकर्ड गराउन सक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?