+
+

प्रदेश ५ को वेवसाइट र सांसदले लगाउने लोगो तयार

लोगो निर्माण गर्ने भण्डारीलाई २५ हजार पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २३ गते १६:२९

२३ वैशाख, बुटवल । प्रदेश ५ का सांसदहरुको पहिचान दिने लोगो निर्माण भएको छ ।

लोगो बनाउनका लागि ०७४ फागुन २४ गते मिडियामार्फत रुपमा नमूना आव्हान गरिएकोमा १२ जनाले सहभागिता जनाएका थिए ।

सोमबार एक कार्यक्रम गरी लोगो, पुस्तक, बेवसाइट सार्बजनिक गरिने छ भने लोगो निर्माणकर्ता २ जनालाई सम्मान गरिने छ ।

कार्यक्रममा सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसी तथा अन्य मन्त्रीहरुको उपस्थिती रहने प्रदेशसभा ५ सचिवालयले जनाएको छ ।

प्रदेशसभा ५ सचिवालय अनुसार सहभागिता जनाएका १२ जना मध्येबाट दाङको तुलसीपुर उपमहानगरपालिका-१ का खगेश्वर भण्डारीले प्रदेशसभा सदस्यका लागि निर्माण गरेको लोगो छनौट गरिएको छ । भण्डारी प्रथम भएका छन् । उनलाई सोमबार एक समारोहका बीच नगद २५ हजारले पुरस्कृत गरिने छ ।

लोगो सिस्ने हिमाल,गौतमबुद्ध जन्मस्थल लुम्बिनी, धान र जौका बाला तथा लैङगिक समानता झल्किने गरी तयार पारिएको छ ।

त्यस्तै प्रदेशसभा सचिवालयका कर्मचारीका लागि रुपन्देही तिलोत्तमा-९ मंगलापुरका सुधिर अर्याल द्वितीय भएका छन् । उनलाई नगद १५ हजार प्रदान गरिने छ ।

त्यस्तै प्रदेशसभा ५ को आधिकारीक बेवसाइट www.pradeshsabha.p5.gov.np को पनि सोमबार सार्बजनिक गरिने तय भएको संसद सचिबालयका सचिब डा. मानबहादुर बिकले अनलाइनखबरलाइ बताए ।

त्यस्तै गरी प्रदेशसभा संचालनका तथा ब्यबस्थापनका लागि प्रदेशसभाबाट सर्बसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विवध बिषय समेटिएको पुस्तक पनि सार्बजनिक गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?