+
+

ह्याण्ड स्यानिटाइजले पनि नित्याउनसक्छ, स्वास्थ्य समस्या

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते १०:४१

खाना खानुअघि होस् वा बाथरुम गएपछि, धेरैले ह्याण्ड स्यानिटाइजर प्रयोग गर्छन् । आकारमा सानो र बोक्न सजिलो तथा किफायती भएकाले यो धेरैको रोजाइमा पनि पर्दछ । । यसको प्रयोग स्वास्थ्यका लागि जति फाइदाजनक हुन्छ, उत्ति नै घातक पनि छ ।

यसले विशेषगरी हात र छालामा असर पुर्‍याउँछ । यसले स्वास्थ्यमा निम्त्याउने असरबारे जानकारी नहुँदा हामीमध्ये प्रायः साबुनको सट्टा ह्याण्ड स्यानिटाइजरको प्रयोग रुचाउँछौ ।

ह्याण्ड स्यानिटाइजरको प्रयोगले स्वास्थ्यमा कस्तो असर पार्छ त ? यो धेरैको कौतुहलको विषय हुनसक्छ ?

ह्याण्ड स्यानिटाइजरले स्वास्थ्यमा पार्ने असर

ट्राइक्लोसान

ह्याण्ड स्यानिटाइजरमा ट्राइक्लोसान नामक एक केमिकल्स हुन्छ, जसलाई हातले तुरुन्तै सोस्ने गर्छ । रक्तसञ्चारसित मिसिएको खण्डमा यसले मांसपेशी कोर्डिनेशनको लागि जरुरी सेल कम्युनिकेशनमा बाधा पुर्‍याउँछ । लामो समयसम्मको यसको प्रयोगले छाला सुख्खा हुने, बाझोपना तथा मुटु सम्बन्धी रोग लाग्न सक्छ । त्यसैले हात धुनु परेमा सकेसम्म साबुन पानीले हात धुनु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

बालबालिकाका लागि हानिकारक

ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्दा मिठो बास्नाका कारण कतिपय बालबालिकाले यसलाई खाने गर्छन् । यसमा मदिराको प्रयोग गरिने हुँदा यो बालबलिकाको स्वास्थ्यका लागि हानिकारक छ ।

इम्युनिटी कम गर्छ

नर्थवेस्र्टनमा गरिएको एक अनुसन्धान अनुसार स्यानिटाइजरको ज्यादा प्रयोगले बालबालिकाको इम्युनिटी कम हुने गर्छ । यसका कारण बालबालिकाको पिसाबमा इन्ˆलेमेन्टरी तत्व सी रिएक्टिभ प्रोटीन देखा पर्छ, जसले इम्युनिटी कमजोर बनाउँछ । यसको धेरै प्रयोगले ठूलालाई समेत असर पार्छ ।

छालामा जलन पैदा गर्छ

ह्याण्ड स्यानिटाइजरमा बेन्जाल्कोनियमक्लोराइड नामक तत्व पाइन्छ । यसले शरीरमा भएका कीटाणु तथा व्याक्टेरियालाई हटाउँछ । यही तत्वले छालालाई भने असर पार्ने गर्छ । यसले छालामा जलन पैदा गर्दछ ।

विषालु हुनसक्छ बास्ना

ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्दा एक किसिमको मिठो वास्ना आउने गर्छ । धेरैलाई उक्त वास्ना मन पनि पर्छ । तर यस्ता स्यानिटाइजरमा फ्याथलेट्स नामक रसायनको प्रयोग गरिएको हुन्छ , जुन आफैंमा हानिकारक छ । यस्ता रसायन सस्तो माल उत्पादन गर्ने धेरै कम्पनीहरुले प्रयोग गरिएको पाइन्छ । यस्ता रसायनलाई लगातार प्रयोग गर्नाले फोक्सो, कलेजो, मिर्गाैला तथा प्रजनन स्वास्थ्यमा असर पर्छ ।

राम्ररी सफा हुँदैन

ह्याण्ड स्यानिटाइजरको प्रयोग पश्चात्त धेरैलाई हात सफा भएको महसुस हुने गर्छ । जब कि ह्याण्ड स्यानिटाइजरको प्रयोगले मात्र हातमा टाँसिएको चिल्लो तथा गुलियो पदार्थ निस्कँदैन । त्यसैले यसको प्रयोग गर्नुपूर्व यस्ता कुरामा विशेष ध्यान दिनु जरुरी छ ।

हात सुख्खा बनाउँछ

ह्याण्ड स्यानिटाइजरको प्रयोगले छाला सुख्खा बनाउँछ । त्यसैले, यस्ता स्यानिटाइजर प्रयोग गर्नु पूर्व यसको आवश्यकता पहिचान गर्न जरुरी छ । त्योभन्दा पनि राम्रो त सकिन्छ भने पानीले नै हात धुनु पर्छ । यसले हातको छाला बिग्रँदैन र हातको सफाइ पनि राम्रोसित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?