+
+

बुटवल-पाल्पा सडक एकतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते १४:१५

३१ वैशाख, बुटवल । पहिरोका कारण अबरुद्ध बुटवल-पाल्पा सडक खण्ड एघार घण्टापछि एकतर्फी रुपमा खुलेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा पहिरो खसेपछि राति २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन बिहान ७ बजेबाट दुई वटा डोजर र एउटा क्रेन प्रयोग भएका थिए ।

पहिरो पन्छाउने क्रममा माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुल्न ढिलाई भएको थियो ।

पहिरो खस्न रोकिएपछि दिउँसो पौने एकबजेबाट एकतर्फी रुपमा सडक खुलेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुई तर्फी यातायात संचालन हुने अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुंदा पाल्पातर्फबाट आएका र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्लातर्फ जाने सयौं सवारीसाधनको लामो लाइन लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?