+
+

प्रदेश ५ मा राजधानी र नाम टुंगो लगाउन सांसदको माग, मुख्यमन्त्री मौन

टोपराज शर्मा टोपराज शर्मा
२०७५ जेठ २ गते १३:३३

बुटवल,२ जेठ । प्रदेश ५ का सांसदहरुले प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाएर त्यसैलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न माग गरेका छन् ।

विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर बाहेक ) को छलफलमा सांसदहरुले प्रदेशको नामाकरण र स्थायी राजधानीको बारेमा टुंगो लगाउन माग गरेका हुन् ।

उनीहरुले स्थायी राजधानी र नामाकरणबारे प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख नगरिएको भन्दै तत्काल प्रदेशको नामाकरण गरी स्थायी राजधानी तोक्नुपर्ने माग गरे ।

प्रदेशको राजधानी सबैलाई पायक पर्ने र बीच भागमा राख्नुपर्ने भन्दै सांसदहरुले प्रदेशको राजधानी नतोकी कसरी भौतिक पुर्वाधार निर्माण गर्ने ? भनी प्रश्न गरे ।

बाँके बाट निर्वाचित माओवादी सांसद इन्द्रप्रसाद खरेलले स्थायी राजधानीबारे अहिलेसम्म नबोल्नु बिडम्बना भएको तर्क गर्दै भने ‘मुटुमाथि ढुंगा राखेर भए पनि निर्णय गर्नुपर्छ ।’ पोखरेलले प्रदेश सरकारलाई आवश्यक स्थायी संरचनाहरु बनाउने बेला आइसकेकाले राजधानी नतोक्दा पछि समस्या आउने सुझाव राखे ।

दाङका कांग्रेस सांसद अर्जुन श्रेष्ठले प्रदेशसभा वैठकको शुरुवातदेखि नै सांसदहरुले प्रदेशको मध्यभागमा पर्ने गरी राजधानी बनाउनुपर्ने माग गर्दा पनि किन सम्बोधन भएन भनी प्रश्न गरे । उनले अबिलम्ब स्थायी राजधानी घोषणा गरेर नामाकरण गर्न माग गरे ।

रुकुम पूर्वका माओवादी सांसद तेजबहादुर वलीले प्रदेशको स्थायी राजधानी तोकेर राजधानीलाई आधुनिक शहर बनाउने गरी अघि बढ्नुपर्ने धारणा राखे । दाङकी माओवादी सांसद दामाकुमारी शर्माले स्थायी राजधानीको टुंगो लगाएर मात्र भौतिक स.रचना निर्माणका लागि वजेट विनियोजन गर्नुपर्नेर्मा जोड दिइन् ।

कांग्रेस सांसद भुवनेश्वर चौधरीले प्रदेशको स्थायी राजधानी नतोकिंदा र नामाकरण नगरिंदा अन्योल रहेको भन्दै अधिकार सम्पन्न समिति बनाएर राजधानी र नाम टुंगो लगाउनुपर्ने धारणा राखे ।

अन्य सांसदहरुले खुल्ला बजार अर्थनीतिले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुन नसक्ने भन्दै आलोचना गरे । अघिल्लो आर्थिक बर्षको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकतामा राखिए पनि हाल भौतिक पूर्वाधारमा बढी जोड दिइएको भन्दै सांसदहरुले कृषिको आधुनिकिकरण र पर्यटनलाई आधार मानेर बजेट विनियोजन गर्नुपर्ने कुरामा जोड दिए । कतिपय सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम र सांसद विकास कोषको व्यवस्था गर्न पनि माग गरे ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने त्यस विषयमा मुखै खोलेनन् । सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा अन्य विषयवस्तु सम्बोधन गर्ने प्रतिवद्धता जनाए पनि प्रदेशको राजधानीका बारेमा मुख्यमन्त्री पोखरेलले मुख खोलेनन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?