विख्यात फेसन म्यागजिन ‘भोग’ को कभर पृष्टमा साऊदी अरबकी राजकुमारी हैफा बिन्त अब्दुल्ला अल साऊदको तस्वीर छापिएको छ ।
यूएईमा प्रकासित हुने अमेरिकी म्यागजिनको अरब संस्करणको कभर पृष्टमा पहिलो पतक कुनै साऊदी राजकुमारीको तस्वीर छापिएको छ । यो निकै दुर्लभ घटना हो कि, साऊदी अरबका परिवार वा राजकुमारी यसरी चर्चामा आएको ।
साऊदी शाही परिवार आफैले मिडिया र चमक-दमकबाट आफुलाई टाढा राख्ने गरेका छन् ।
म्यागजिनको कभरमा छापिएको तस्विरमा राजकुमारी हैफा सेतो गाउनमा, हाई हिल लगाएर एक आरमदायक कारमा बसिरहेको देखिएकी छिन् । र, उनको अनुहार उदाङ्गो छ ।
परिवर्तनको समर्थन
यस म्यागजिनको यो संस्करण साऊदी अरबकी महिलालाई समर्पित गरिएको हो । र, यसमा राजकुमार मोहम्मद बिन सलमानले गरेका विभिन्न सुधारको सराहना गरिएको छ । शाहजादी हैफा शाह अब्दुलाहकी छोरी हुन् । शाह अब्दुल्ला साऊदीका पूर्व राज है, जसले महिलालाई गाडी चलाउनमा प्रतिबन्ध लगाएका थिए ।
म्यागजिनका प्रमुख सम्पादकले बताएका छन् कि, राजकुमारी एक कलाकार हुन् र उनको तीन बच्चा छ । राजा अब्दुल्लाको तीसभन्दा बढी सन्तानमा एक हुन्, हैफा । राजा अब्दुल्लाको २०१५ मा निधन भएको थियो । भनिन्छ कि, उनको कम्तिमा १५ छोरा र २० छोरी थिए । राजकुमारी हैफाले एकेडेमी अफ सन फ्रान्सिस्को आर्ट स्कुलबाट ग्राजुएसन गरेकी हुन् ।
लेखको आलोचना
हाल केही मानवअधिकार कार्यकर्ताले पत्रिकामा छापिएको यस लेखको आलोचना गरेका छन् । ति कार्यकर्ताहरु यसै महिना पक्राउ परेका ११ कार्यकर्ताको पक्राउको विरोध गरिरहेका थिए । उनीहरुका अनुसार पक्राउ गरिएका व्यक्तिहरुमा यस्ता केही महिला थिए, जो गाडी चलाउने अधिकारका हिमायती थिए ।
कार्यकर्ताहरुका अनुसार यस लेखमा राजकुमारीलाई साऊदी अरबमा आएको परिवर्तनको प्रतिक बनाइदिएको छ । जबकी महिलाको अधिकारको लागि काम गरिरहेका खास व्यक्तिहरुलाई यसमा कतिपनि ठाउँ दिइएन । उनीहरुले भनेका छन् कि, त्यसमा यस्ता महिला पनि सामेल छन्, जसलाई साऊदी प्रशासनले महिलालाई ड्राइभिङको अधिकारपछि पनि जेलमा राखेका छन् ।
यसपछि सोशल मिडियामा कार्यकर्ताले फोटो एडिटिङ सफट्वेयरको प्रयोग गरेर त्यो तस्विरमा राजकुमारीको ठाउँमा ति महिलाहरुको अनुहार लगाइदिएका छन्, जो जेलमा बन्दी छन् ।
यता भोग पत्रिकाका अरब संस्करणले साऊदी अरबमा परिवर्तन भएको देखाउनका लागि राजकुमारीको तस्विर प्रयोग गरेको बचाउ गरेका छन् । पत्रिकाका अनुसार, राजकुमारी हैफालाई प्रयोग गरेर त्यस सन्देशलाई प्रभावकारी बनाउन मद्दत मिलेको छ । -बिबिसी हिन्दीबाट
प्रतिक्रिया 4