+
+

गोरखाबाट हराएको क्रसफायर बाइक ६ महिनापछि लमजुङमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २४ गते १२:१७

२४ जेठ, काठमाडौं । गोरखाको पञ्चकन्या सुन चाँदी पसलको पार्किङ स्थलबाट ६ महिनाअघि हराएको क्रसफायर मोटरसाइकल प्रहरीले लमजुङमा बरामद गरेको छ ।

नक्कली नम्बर प्लेट राखेर चलाइराखेको सूचनाको आधारमा ४ नं. प्रदेश प्रहरी कार्यालय, पोखरा र लमजुङ प्रहरीको संयुक्त टोलीले बेसिशहर नगरपालिका–७, बाणिज्य बैंक अगाडीबाट बरामद गरेको हो ।

न्यु गोरखा मनकामना कन्ट्रक्सन, बाग्लुङको नाममा दर्ता भएको ग १३ प ८१४४ नम्बरको क्रसफायर एसजेड २५० आरआर मोटरसाइकलमा बा ८७ प ११७९ नम्बर राखिएको भेटिएको छ ।

यसैबीच, प्रहरीले यातायात कार्यालय, गण्डकीसँगको समन्वयमा मोटरसाइकलका धनी गोरखाको सहिद लखन–६, का ४० वर्षीय मनोज श्रेष्ठलाई बिहीबार हस्तान्तरण गरिएको छ ।

प्रदेश ४ का प्रहरी प्रमुख डिआईजी दानसिंह बोहराले कागजपत्र सहित आएका श्रेष्ठलाई बाइक हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?