२५ जेठ, काठमाडौं । भक्तपुरको चाँगुनारायण–७, सैजुमा श्रीमतिको हत्या गरेर एक जना फरार भएका छन् । मृत्यु हुनेमा भोजपुरको अरुण गाउँपालिका–४ घर भइ हाल भक्तपुर बस्दै आएकी २८ वर्षीय सलेना माझी छिन् ।
गएराति कोठामा सुतेकै अवस्थामा उनलाई श्रीमान २९ वर्षीय उमेश माझीले टाउकोमा बञ्चरो प्रहार गरी घाइते बनाएका थिए । लगत्तै, उपचारका लागि उनलाई भक्तपुर अस्पताल लगिए पनि त्यहाँबाट न्यूरो अस्पताल, बाँसबारी रिफर गरिएको थियो ।
त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले बताए ।
उनका अनुसार माझीको खोजी जारी छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4