१३ असार, काठमाडौं । केन्द्रीय शिक्षा विभागमा नाटक सकुनीको प्रदर्शन शुरु भएको छ ।
विभागको अडिटोरियम हलमा मञ्चन भएको नाटक सभासद्, प्राध्यापक, लेक्चरदेखि विभिन्न संकाएका विद्यार्थीहरुले हेरे ।
नाटक सकुनी पौराणिक कथा महाभारतको खलपात्र सकुनीको जीवनीमा आधारित छ । नाटकले त्यतिबेलाको महिला हिंसा, जातीय विभेद र छिमेकी राष्ट्रको हस्तछेप देखाउन खोजेको छ ।
नाटक केन्द्रीय व्यवस्थापन एमबीएमका विद्यार्थीले तयार पारेका हुन् । करिब १ घण्टा लामो नाटक असार १६ गतेसम्म मञ्चन हुनेछ ।
नाटकको संगीत परिकल्पना गणेश पाण्डे र प्रकाश परिकल्पना मनोज डंगौराले गरेको यो नाटकमा मञ्च व्यबस्थापन राहुल कर्ण, शक्ति न्यौपाने, दीपेन्द्र पन्त, उरुसा पुडासैनी, रेश्मा नेपाल, प्रविन रिजाल, सन्दीप सापकोटा, साजन महर्जन कृपा रेग्मी, अग्रज चौधरी, राम बच्चान जिटी आदिले गरेका छन् ।
एक घण्टा लामो नाटकमा सन्दिप थपलियाको एकल अभिनय रहेको छ । नाटकलाइ कृष्ण कुमार पौडेलले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4