+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘ज्वाइँ साब’ अमेरिका, क्यानडा, बेलायत र जापानमा प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते २०:२०

काठमाडौं । दशैं फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’ अमेरिका, क्यानडा, बेलायत र जापानमा समेत प्रदर्शन हुने भएको छ ।

निर्माताले ती मुलुकमा वितरण अधिकार विक्री भएको जनाएका छन् । सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको राइट किनेको छ ।

पोखरेलका अनुसार अक्टोबर ११ शुक्रबार अमेरिकाको टेक्सास, क्यालिफोर्निया, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड, कोलोराडो, न्यू हेम्प्सायरलगायतका सहरमा सय बढी शोमा फिल्म प्रदर्शन हुनेछ ।

निर्देशक वसन्त निरौलाले फिल्मको पोस्टर, टिजर, गीत र पछिल्लो पटक टिकटकमा सार्वजनिक दृश्यले फिल्मप्रति विदेशमा बस्ने नेपालीको चासो बढेको बताए । ‘अन्य देशहरुमा पनि फिल्म बिक्रीका लागि कुराकानी भइरहेको छ । फिल्मको प्रचार सामाग्रीले राम्रो हाइप लिएकाले हामी उत्साहित छौं’, उनले भने ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?