Comments Add Comment

डामिलानो इटालीया र रोसो ब्रुनेलोमा ५० प्रतिशतसम्म छुट


१७ असार, काठमाडौं । आरपी ग्रुपद्वारा दरवारमार्गको क्यापिटल मलमा संचालिक डामिलानो इटालीया र रोसो ब्रुनेलोले आफ्नो शोरुममा ग्रीष्मकालीन सिजन सेलको अफर ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीका बिभिन्न उत्पादनहरुमा ५०प्रतिशत सम्म छुट प्रधान गरिएको छ । विगतका दिनहरु जस्तै यस पटक पनि ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी सेल अफर ल्याएको व्यवस्थापक प्रकाश पौडेलले जानकारी गराए ।

शोरुम सञ्चालनमा आए देखिनै डामिलानो इटाली र रोसो ब्रुनेलो युवा पुस्ता माझ निकै रुचाइएको ब्राण्ड हो । यस ब्राण्डका उत्पादनहरु जुत्ता, लेडिज ब्याग, ट्रली , कम्प्यूटर ब्याग, सिलिङग ब्याग, छालाको बेल्ट, जेन्स पर्स आदी सामानहरु युवा पुस्तामाझ निकै लोकप्रिय बन्दै आइरहेको छ ।

विगतका दिनहरुमा भन्दा हालका दिनहरुमा खरिदकर्ताहरु ब्राण्डमा विशेष ध्यान दिने भएको हुँदा डामिलानो तथा रोसोले आफ्ना ग्राहकहरुलाई ०१ जुलाई २०१८ देखि ३१ जुलाई २०१८ सम्म सामानहरु खरिद गर्दा ५०% छुटको व्यवस्था गराइएको पौडेलले जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment