Comments Add Comment

एनसेलको सेवाशुल्क समायोजन, ल्यायो आर्कषक नयाँ भ्वाइस तथा डेटा प्याक

३२ असार, काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले मंगलबारबाट आफ्नासम्पूर्ण मूल्यमानेपाल सरकारले दुरसञ्चार सेवाशुल्कमा हालै गरेको परिमार्जन अनुरुपनयाँ दूरसञ्चार सेवाशुल्क दर लागु हुने घोषणा गरेको छ ।

नयाँ करको दर कार्यान्वय नगर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै डेटा तथाभ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि सार्वजनिक गरेको छ ।

दुरसञ्चार सेवा शुल्कमा भएको परिमार्जन लागु गर्ने क्रममा कम्पनीले आफ्ना सम्पूर्ण सेवाको मूल्यकर बाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मुल्यमा यहि श्रावण १ गते मंगलबारदेखि नयाँ सेवा शुल्क लागु हुने जनाएको छ ।

नेपाल सरकारलेे समसामयिक कर असुली ऐन अन्तर्गत गरेको आदेश तथा आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथाअन्य दुरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाइएको छ ।

साथै आफ्ना ग्राहकको सुविधाको लागि कम्पनीले यहि अाजदेखि ९० दिनको लागि लागु हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिकडेटा प्याकहरु ल्याएको छ । त्यस्तै भ्वाइस सेवामा थप टक टाईम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरु ल्याएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनिप्याक सुचारु गरी थप लाभ लिन सक्नेछन् ।

”एनसेलले नेपालको नियम तथा कानुनको सदैव सम्मान तथा पालना गर्दछ । साथै डेटा तथा भ्वाइस सेवामा ल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमा थप मुल्य प्रदान गर्ने हाम्रो प्रतिबद्घतालाई थप उजागर गर्दछ,” एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्गले भने ।

नयाँ डेटा योजनाअन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मुल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ । उदाहरणका लागि दैनिक प्याकमा ग्राहकले मात्र रु ९ मा ३५ एमबि डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबिको फोरजि डेटा भल्युम बोनस स्वरुप निःशुल्क प्राप्त गर्नेेछन् ।

ग्राहकले एस्टि्रक्स १७१२३ ह्यास डायल गरी दिइएको डेटा प्याकमध्ये कुनै पनि विकल्प रोजी सहजै आफनो आवश्यकताबमोजिमको कुनै पनि डेटा प्याक सुचारु गर्न सक्छन् । साथै भ्वाइस प्याकलिनकालागिएस्टि्रक्स १७११८ ह्यास डायल गरि वा १७११८ मा डायल गरि निर्देशनअनुसार आफ्नो आवश्यकता अनुरुपको कुनै पनिप्याक सुचारु गर्न सकिन्छ ।

नयाँ दुरसचार सेवाशुल्क लागु हुँदा मुल्यमा पर्ने असरलाई केहि कमगर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्ग प्याक, बिजप्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ ।

लोकल कलमा लाग्दै आएको कर बाहेकको दर रु १.९९ प्रतिमिनेटमा कुनै परिवर्तन गरिएको छैन । त्यसैगरी एसएमएस, डेटा सेवाअन्तर्गतको पे एज यु गो, सापटि तथा पोष्टपेड सेवाको प्याकहरुको कर अघिको शुल्कमा पनि कुनै परिवर्तन गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment