१८ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकमै एक अधवैशे पुरुष मृत फेला परेका छन् । वीरगन्ज महानगरपालिका- ३ छपकैया आदर्शटोल घर भएका ४० वर्षीय सुनिलाल साह कानु मृत भेटिएका हुन् ।
वीरगन्ज महानगरपालिका-२ छपकैयास्थित प्रहरी बिट नजिकै सडक पेटीमा शुक्रबार बिहान साहको शव भेटिएको थियो ।
खाली पेटमा अत्याधिक मादक पदार्थ सेवा गरी रातभरी सडक पेटिमै सुतेकोले उनको मृत्यु भएको हुन सक्ने आशंका छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले मृतक व्यक्तिलले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको कुरा आएपनि पोष्टमार्टम रिपोर्टबाटै मृत्युको कारण खुल्ने बताए ।
मृतकको साथमा घरेलु मदिरा राखिएका २ वटा खाली बोत्तलहरुसमेत फेला परेको प्रहरीले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार मानसिकस्थिति कमजोर भएका कारण त्यसैगरी घर बाहिरै रहँदै आएका थिए । उपचारका लागि लैजान खोज्दा उनले नमान्ने गरेको दावी परिवारको छ ।
शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निसान्त थापाले जानकारी दिए ।
प्रतिक्रिया 4