+
+

महिला तथा बालबालिका कार्यालय महानगरलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २३ गते १८:०१

२३ साउन, पोखरा । जिल्ला समन्वय समिति कास्कीले महिला तथा बालबालिका कार्यालय पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र अनुसार जिल्लामा नरहने भनिएका कार्यालयहरु स्थानिय तहलाई हस्तान्तरण गर्न दिइएअनुसार समन्वय समिति कास्कीले बुधबार एक औपचारिक कार्यक्रम गरेर महिला तथा बालबालिका कार्यालयमा रहेका सम्पूर्ण चल सम्पत्ति महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले महानगरपालिकाका भण्डारण शाखा प्रतिनिधिद्वय ज्ञानेश्वर पौडेल र रेवती भण्डारीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएको सामग्रीहरुमा कम्प्युटर ४ थान, युपिएस १ थान, प्रिन्टर २ थान, अफिस टेवल ६ थान, कम्प्युटर टेवल १ थान, मिटिङ टेवल २ थान, स्टील दराज ९ थान, एक थान स्कुटर, रिभल्विङ चेयर ३ थान, काठको बेञ्च २ थान, चार्ट बोर्ड ५ थान, सोफासेट ३ थान, टि टेवल ४ थान, सिंगल पलङ २ थान, ग्यास सिलिण्डर २ थान, ग्यास स्टोभ १ थान, स्टिल जग ४ थानलगायतका ३५ प्रकारका सामान रहेका छन् ।

हस्तान्तरणपछि बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले असार मसान्त सम्ममा सबै सामान बुझेर ताला लगाइएको र आज प्रक्रिया पूर्‍याएर महानगरपालिकालाई हस्तान्तरण गरिएको बताए ।

उनले प्रदेशमै पहिलोपटक पोखरामा महिला तथा वालवालिका कार्यालयका चल सम्पत्ति महानगरपालिकालाई हस्तान्तरण गरिएको बताए ।

अचल सम्पत्ति भने सरकारलाई जिम्मा लगाइने पछि सरकारको निर्देशन अनुसार नै त्यसको स्वामित्व हस्तान्तरण हुने उनले स्पष्ट पारे ।

कर्मचारीहरुले भने जिल्ला समन्वय समितिमा हाजिर गर्दै आएको बताउँदै प्रमुख क्षेत्रीले ती कर्मचारी समायोजनमासमेत अन्यौलता छाउँदा समस्या भएको गुनासो गरे ।

उनले जिल्लामा नरहने भनेर घोषणा गरिएका शिक्षा, स्वास्थ्यलगायतका अन्य कार्यालयहरु प्ानि स्थानिय तहलाई हस्तान्तरण चाँडै गरिने बताए ।

जिल्लामा नरहने कार्यालयका सम्पती हस्तान्तरण प्रक्रिया पूरा गर्नका लागि जिल्ला समन्वय समितिको संयोजकत्वमा स्थानीय विकास अधिकारी सदस्य सचिव, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, स्थानीय तहको प्रतिनिधि र जुन कार्यालय हस्तान्तरण गर्ने हो त्यस कार्यालयका प्रतिनिधि पदेन सदस्य रहेको एक समिति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?