+
+

गाली धेरै आएपछि आँचलले हटाइन् स्टाटस

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २७ गते ११:४८


आफैले लेखेको एउटा स्टाटस नायिका आँचल शर्माले किन हटाइन् होला ? आँचलले शनिबार लेखेको स्टाटस फेसबुकबाट हटाउनुको कारण उक्त स्टाटसमा आएका नकारात्मक कमेन्टलाई वुझ्न सकिन्छ ।

नायिका आँचल शर्माले लेखेकी थिइन्-‘रुदै रुदै लगानी गर्ने अनी कलाकारिता गर्ने देखेर हाँसो लाग्यो ।’ आँचलले यो स्टाटस कोप्रति लक्षित गरेर लेखेकी थिइन् त्यो उनले नै जान्ने कुरा हो । तर, धेरैले नायिका पूजा शर्माप्रति आँचलको स्टाटस लक्षित थियो भन्ने वुझेका थिए ।

यो स्टाटसको कमेन्टमा पनि आँचलले ताली भन्दा बढी खाली खाइन् । सायद, यही कारणले होला आँचलले यो स्टाटस अहिले हटाएकी छिन् ।
नेपाली चलचित्रका धेरै कलाकार आवेशमा आएर सामाजिक संजालमा स्टाटस लेख्छन् र पछि गाली आएपछि हटाउछन् । यस्तो शैलीले उनीहरुकै क्रेज कमजोर बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?