३० साउन,बुटवल । जागिर खोसिएको विरोधमा प्रदेश ५ का सामाजिक परिचालक सडक संघर्षमा उत्रिएका छन् ।
बुधबार बुटबलमा प्रदेश ५ का १२ वटै जिल्लाका ७ सय जना समाजिक परिचालक आफूहरुलाई पुनर्बहाली गर्न माग गर्दै सडकमा उत्रिए । सडकमा उत्रिने कतिपय महिलाहरुले दूधे बालकसमेत च्यापेका थिए ।
नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ५ ले विभिन्न मागसहित वुधवार बुटवलमा बिरोध र्याली निकालेको हुन् । बुटवलको रामनगरबाट प्ले कार्ड सहि शुरु भएको बिरोध र्यालीले नगर परिक्रमा गर्दै मुख्यमन्त्रीको कार्यालयसम्म पुगेको थियो ।
सरकारले ९ बर्षदेखि काम गर्दै आएका देशभरका सामाजिक परिचालकहरुलाई असार महिनाबाट पदमुक्त गरको भन्दै पुन काम गर्ने वातावरणको उनीहरुले मागेका हुन् ।
उनीहरुले साउन २० गते बुटवलमा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
सरकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने संघकी प्रदेश ५ संयोजक रोमा क्षेत्रीले बताइन् ।
विगत ८, ९ वर्षदेखि निरन्तर देशमा जनप्रतिनिधि नभएको समयमा जनप्रतिनिधको दायित्वबोध गर्दै काम गरेको तर अहिले जनप्रतिनिधि आएपछि आफुहरुलाई हटाउन खोज्नु षड्यन्त्र भएको प्रदेशका सचिव टोपबहादुर घर्तीले बताए ।
प्रदेश ५ मा ८४५ जना सामाजिक परिचालकहरु छन् । आफ्ना माग पूरा नभएमा आन्दोलनका अरु कार्यक्रम जारी राख्ने आन्दोलनकी संयोजक कल्पना खनालले बताइन् ।
प्रतिक्रिया 4