Comments Add Comment

ट्वीटरमाथि प्रतिबन्ध लगाउने पाकिस्तानको धम्की


पाकिस्तान सरकारले माइक्रो ब्लगिङ साइट ट्वीटरमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

ट्वीटरले आपत्तिजनक सामाग्रीलाई रोक्ने निर्देशिका पालना नगरेको भन्दै पाकिस्तानको टेलिकम प्राधिकरणले ट्वीटरलाई यस्तो चेतावनी दिएको हो ।

पाकिस्तानमा यसअघि पटक पटक सोसल मिडियामाथि प्रतिबन्ध लगाइएको इतिहास छ ।

पाकिस्तानले फेसबुकमाथि सन् २००८ मा दुईपटक प्रतिबन्ध लगाएको थियो भने पुनः २०१० मा पनि प्रतिबन्धित भएको थियो । त्यस्तै सन् २०१२ देखि पाकिस्तानको टेलिकम प्राधिकरणले दुई वर्षसम्म युट्युबमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

पछिल्लो समय फेसबुक, युट्युब तथा अन्य सोसल मिडियाहरुले आपत्तिजनक सामाग्रीमाथि बन्देज लगाउन सरकारले गरेका अनुरोधहरुको कार्यान्वयन गर्ने ग्रेको भएप्नि ट्वीटरले भने अवज्ञा गरिरहेको भन्दै प्राधिकरणले मन्त्रीपरिषद सचिवालयको सम्बन्धित समितिमा जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार सरकारले गरेका केवल ५ प्रतिशत अनुरोधहरुको मात्र ट्वीटरले कार्यान्वयन गर्ने गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment