+
+

असल पिता कसरी हुने ? यस्तो छ आइडिया

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २ गते ९:१०

आमा र ममता अपरिभाषित हुन्छ । बच्चालाई आफ्नो आमा प्रति जति स्नेह हुन्छ त्यति नै स्नेह आफ्नो पितासँग पनि हुन्छ । बच्चाको पालन पोषणको लागि आमाको जति जिम्मेवारी हुन्छ त्यति नै पिताको पनि हुन्छ । बच्चाहरु आफ्नो पिताको अनुसरण गरेको हुन्छ त्यसैले पिताले पनि आफ्नो राम्रो बानी व्यवहार सही ढंगले पालना गर्नुपर्छ ताकि बच्चाहरु पनि त्यहि कुराको अनुसरण गरोस् ।

१. स्वस्थ रहनु अति आवश्यक

सानो छदाँ देखि नै बच्चाहरुमा स्वस्थ जीवनशैलीको बानी बसाल्न सकेको खण्डमा जीवनभर बच्चाहरुमा स्वास्थ्यको महत्वको बारेमा बुझिन्छ । यसको लागि उसलाई पिताको सहि मार्गदर्शकको आवश्यक पर्दछ । विहान चाँडै उठ्ने, योग वा मर्निङ वाक, एक्सोसाइज र खेलमा बच्चाहरुमा उत्साह जगाउनु पर्छ ।

२. केही सीमा तय गर्नुस्

आफ्ना केही कुरा स्वयं आफुलाई पनि मन परेको हुँदैन र बच्चाहरुमा यस्ता केही बानी हुन्छ जुन तपाईलाई मन परेको हुँदैन । बच्चाको बानी मन परेन भन्दैमा बच्चाहरुलाई झपार्ने वा कुट्ने गर्नु हुँदैन । केही कुरा बच्चालाई पनि तपाईंको कुरा मन परेको हुँदैन । बच्चाको पालन पोषण गर्दा यस्ता कुराको बारेमा पनि ध्यान दिनु पर्ने हुन्छ र यसको कारण खोज गर्नु पर्छ । तर यसको लागि कहिले पनि बच्चाहरुलाई जवरजस्ती गर्नु हुँदैन । जवरजस्ती गर्नाले बच्चाहरु दवावमा आउन सकिन्छ ।

३. समय दिनु

पुरुषलाई घर परिवारको साथसाथै आफ्नो विजनेस वा जागिरको पनि ख्याल राख्नु पर्ने हुन्छ । यस्तो बेलामा परिवारलाई समय दिन सकेको हुँदैन तर सम्भव भएसम्म बच्चाहरुलाई समय दिर्छ । हप्तामा कम्सेकम एक दिन आफ्नो छुट्टीको बेला आफ्नो केही समय बच्चाहरु लागि पनि दिनुपर्छ । समय भएको बेलामा बच्चासँग खेल्ने वा उसलाई कहि घुमाउन लिएर जानुपर्छ ।

४. बच्चाको कुरा पनि सुन्नु

हरेक चोटि बच्चालाई आफ्नो मात्र कुरा सुनाउने नगर्नुस् । यसले बच्चाहरु एकहोरो हुन पनि सक्छ । परिवारमा बच्चाहरुको आत्मीयता बढाउन कहिलेकाही उनीहरुको पनि कुरा सुन्ने गर्नुपर्छ ।

५.  प्रेमको भाव सिकाउनुहोस्

माया, ममता र स्नेहले सबैको मन सजिलै जित्न सकिन्छ । बच्चाहरुको कोमल हृदयलाई जित्नको लागि जहिले पनि स्नेही भावले कुरा गर्नु पर्छ । यसले बच्चाहरु हमेशा खुशी हुन्छ र बच्चाहरुलाई यो आभाष पनि दिनुपर्छ कि तपाई उसलाई कति माया गर्नुहुन्छ भनेर । यसले बच्चा र पिता बिचको स्नेह पनि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?