१० भदौ, काठमाडौं । आज देशभर जनैपूर्णिमा रितपूर्वक मनाइँदै छ । यस दिन नयाँ जनै फेर्ने तथा हातमा विभिन्न रंगको डोरो बाँध्ने गरिन्छ । यसरी डोरो बाँध्नाले विभिन्न रोगब्याधीबाट छुट्कारा मिल्ने तथा सुख-शान्ति प्राप्त हुने धार्मिक मान्यता छ ।
पशुपति क्षेत्रमा रहेको नेपाल वेद विद्याश्रमका विद्यार्थीहरुले जनैपूर्णिमा मनाएका छन् । त्यहाँ अध्ययनरत विद्यार्थीहरुले जनैपूर्णिमाका दिन उपाकर्म गर्ने प्रचलन छ ।
वर्षभरी जान-अन्जानमा भएका गल्तिहरु सच्याउन आज उपाकर्म गरेपछि भोलिपल्ट वेद अध्ययन गर्न तयार भइन्छ । वेद विद्याश्रममा कक्षा ४ देखि १० सम्म संस्कृतसहित सरकारले तोकेको पाठ्यक्रममा पठनपाठन हुन्छ । सानै उमेरमा उनीहरु ‘पण्डित’ कहलाइन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4