+
+

कर्मचारीको पीडा महसुस गर्छु तर खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति छः मन्त्री पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २२ गते १३:५७

२२ भदौ, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले आफूले कर्मचारीको पीडा अनुभूति गर्ने गरेको बताएका छन् । तर, कर्मचारीमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति रहेको मन्त्री पण्तिले बताए ।

निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पडितले भने, ‘ कर्मचारीले पीडाको अनुभूति गरेको पनि महसुस हुन्छ तर खटाएको ठाउँमा जान्न भन्ने प्रबृत्ति खराब हो ।’

उनले सबै क्षेत्रमा सबै कर्मचारीको भूमिका हुने भन्दै कर्मचारीले हाँसी खुसी जिम्मेवारी लिन नसके देश र जनताका लागि धोका हुने बताए ।

मन्त्री पण्डितले कर्माचारी समायोजनका क्रममा सेवा सुबिधा कम भयो, म जान्न भन्ने कुरा नगर्न कर्मचारीहरूलार्इ अग्रह गरे । ‘सजिलो काम अरुलाई दिने रे अरु भनेको को रु यति सेवा सुबिधामा म त्यहाँ जान्छु त रु यस्ता कुरा गर्न भएन । मुलुक जति समृद्ध भयो त्यति नै बढी सेवा सुबिधा पाइन्छ ।’ उनले भने ।

मुलुक संघीयतामा गएकोले कर्मचारीमा पनि जिम्मेवारी थपिएको भन्दै मन्त्री पण्डितले सुखी नेपाली समृद्ध नेपाल बनाउन कट्टिबद्ध भएर लाग्न कमर्चारीलार्इ निर्देशनसमेत दिएका छन् ।

अहिले केही कर्मचारी कम भएको तर भएकैबाट अपेक्षित परिणाम आउन नसकेको बताए । कर्मचारीले परिमाणमुखी काम गर्नेगरी जिम्मेवारी बहन गर्नुको विकल्प नभएको मन्त्री पण्डितको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?