२५ भदौ, काठमाडौं । निको सोल्जले डेब्यू गोलसँगै जर्मनीले मैत्रिपूर्ण खेलमा पेरुलाई हराएको छ ।
आइतबार राति भएको खेलमा जर्मनीले पेरुलाई २–१ ले हराएको हो । पेरु, जसले रुसमा २६ वर्षपछि पहिलो विश्वकप खेलेको थियो, ले २२ औं मिनेटमा अप्रत्यासित रुपमा अग्रता लियो । उसका लागि लाइस आड्भिनकुलाले गोल गरे ।
तर, तीन मिनेटपछि नै जर्मनीले गोल फर्कायो । जुलियन ब्राण्डले बराबरी गोल गरेका हुन् ।
खेल बराबरीतर्फ उन्मुख भएका बेला ८५ औं मिनेटमा निको सोल्जले जर्मनीका लागि विजयी गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4