+
+

Army Vs Church Boys United

२०८० माघ १८, बिहीबार
TribhuwanArmy Club
TribhuwanArmy Club
Dinesh Hemjan(61),Rash Bahadur Magar(99)
2 - 1 Full Time
Church Boys United
Church Boys United
Samir Tamang(85)
Pokhara Rangashala
लाइभ अपडेट लाइन-अप
Commentry
चर्च ब्वाइजलाई अतिरिक्त समयमा पराजित गर्दै आर्मी फाइनल पुगेको छ । अब माघ २० गते शनिवार हुने फाइनलमा आर्मीले उपाधिका लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ । संयोगवस आर्मी र थ्री स्टार दुवै २०७५ पछि आहारारा पोखरा गोल्डकपमा फाइनल पुगेका हुन् ।
Full Time
Full Time
Commentry
दुई घण्टा खेल्दा आर्मीका खेलाडीहरु थकित देखिन्छन् ।
120'
Commentry

अतिरित्क समयको अन्तयमा ३ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

120'
Commentry

ohh चर्च ब्वाइजले राम्रो अवसर गुमाएको छ । दायाँ साइडबाट कमल श्रेष्ठले दिएको क्रसममा बक्समा रहेका राजिव लोप्चनले हानेको प्रहार फ्रेममा पर्न सकेन । बाहिर गयो ।

Commentry
घाइते हुँदै मैदान बाहिर आएका जितेन्द्रको स्थानमा आर्मीले श्रीराम चौधरीलाई मैदान प्रवेश गराएको छ ।

substitute खेलाडी परिवर्तन 117'

116'
Commentry

आर्मी अर्का खेलाडी जितेन्द्र कार्की समस्यामा । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको छ ।

113'
corner

कर्नर किक

चर्च ब्वाइजका राजिव लोप्चनले हानेको कर्नर आर्मीका किपर समित श्रेष्ठले पन्च गर्दै बचाएका थिए । रिबाउन्डमा चर्च ब्वाइजमा मनिष जर्गाले हानेको प्रहार फितलो रह्यो आर्मीका खेलाडीले क्लियर गरे ।

113'
Commentry

आर्मीका खेलाडी समस्यामा ।

Second Half Time
Extra Time Second Half Kick Off
Commentry
अतिरिक्य समयको पहिलो हाफमा आर्मीले गोल गर्दै अग्रता लिएको छ । अब दोस्रो हाफको १५ मिनेटमा चर्च ब्वाइजले गोल फर्काउला त ? कि आर्मीले गोल थप्ला?
Half Time
Extra Time Half Time
105+3'
फ्री किक

फ्री किक

चर्चब्वाइजले फ्रिकिक पाएकाे छ । कप्तान कमल श्रेष्ठले सिधै पाेस्टमा प्रहार गरेकाे बल फ्रेममा पर्न सकेन ।

Commentry
कृपा कान्तको नाम लाइन अफमा नभएपछि चर्च ब्वाइजले मैदान बाहिर गइसकेका सन्तोष खत्रीको स्थानमा मनिष जर्गा मगरलाई मैदान प्रवेश गराएको छ ।
105+2'
Commentry

आर्मीका जिलेप्सीजंग कार्कीले हानेकाे शक्तिशाली प्रहार जर्जब्वाइजका गाेल रक्षक सन्ताेष महतले बचाए ।

substitute खेलाडी परिवर्तन 105+1'

105'
Commentry

अतिरिक्त समयको पहिलो हाफको अन्तिममा ३ मिनेटको इन्जुरी टाइम थप गरिएको छ ।

101'
Commentry

चर्च ब्वाइजले खेलाडी परिवर्तन गर्दै सन्ताेष खत्रीकाे ठाउँमा लाइनअपमै नभएकाे कृपाकान्त चाैधरीलाई मैदान पठाएकाे छ । मुख्य रेफ्री प्रज्वल क्षेत्रीले कृ्पालाई बाहिर पठाइदिएका छन् । सन्तोष पनि मंदान बाहिर आइसकेका छन् । मैदानमा चर्च ब्वाइजका १० खेलाडी मात्र खेलिरहेका छन् ।

99'
Goal
TribhuwanArmy Club - Rash Bahadur Magar
GOAL !

Goal!!! आर्मीले फेरि अग्रता लिएको छ । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गर्दै आर्मीलाई २-१ को अग्तरा दिलाए ।

97'
corner

कर्नर किक

आर्मीले कर्नर पाइकाे छ । वसन्त जिम्बाले प्रहार गरेकाे कर्नर चर्च ब्वाइजका गाेलरक्षक सन्ताेष महतले पन्च गर्दै बचाएका छन् ।

93'
Commentry

चर्चका समीर तामाङले दायाँ भागबाट प्रहार गरेकाे बल विपक्षी गाेल रक्षकले सहजै बचाएका छन् ।

Commentry
बराबरी गोल फर्काएपछि चर्च ब्वाइज भने आक्रमक बनिरहेको छ । गोलकर्ता समिर तामाङ आर्मीका लागि खतरा बन्न सक्छन् ।
Commentry
आर्मीका लागि ३ गोल गरिसकेका मुख्य गोलकर्ता दिनेश हेन्जन चोटका कारण मैदान बाहिर छन् । कप्तान भरत खवास पनि चोटकै कारण पहिलो हाफमै मैदान बाहिर आइसके । अब अतिरिक्त समयमा आर्मीका लागि कसले गोल गर्ला ?
Kick Off
Extra Time Kick Start
Commentry
आर्मी र चर्च ब्वाइजबीचको निर्धारित समयमको खेल १-१ को बराबरीमा सकिएको छ । अब खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिनेछ ।त्यसमा पनि दुवै तर्फबाट गोल नभएमा वा खेल बराबरी भएमा खेलको निर्धारण पेनाल्टीसुटआउटबाट हुनेछ ।
Full Time
Regular Full Time
90+4'
फ्री किक

फ्री किक

आर्मीले फ्रिकिक पाएकाे छ । विमल पाण्डेले प्रहार गरेकाे बल क्लियर भएकाे छ ।

90+3'
फ्री किक

फ्री किक

चर्चब्वाइजले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ।

90+2'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले फ्रिकिक पाएको छ ।

90'
Commentry

खेलको अन्तिममा ४ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

90'
पहेंलो कार्ड

पहेंलो कार्ड

चर्चब्वाइजका कमल श्रेष्ठलाई किक हानेपछि नेपाल आर्मीका रास मगरले पहेंलाे कार्ड पाएका छन् ।

88'
Commentry

ohhh!! आर्मीले अग्तरा लिने राम्रो अवसर गुमाएको छ । विमल पाण्डेले बायाँ साइडबाट दिएको क्रसलाई सिक्स यार्ड बक्समा रहेका कप्तान जिलेस्पी जंग र रास बहादुर मगरले सदुपयोग गर्न सकेनन् । बक्समा हुलमुल हुँदा आर्मीका खेलाडी चिप्लिए र बललाई प्रहार गर्न सकेनन् ।

Commentry
चर्च ब्वाइजले अन्तिम समयमा गोल फर्काएपछि खेल रोमाञ्चक बनेको छ । अब निर्धारित समयको खेल सकिन केही मिनेट मात्र बाँकी छ । त्यस भित्र कुनै टिमले पनि गोल गर्न नसकेमा खेल अतिरिक्त समयमा धकेलिने छ ।
85'
Goal
Church Boys United - Samir Tamang
GOAL !

  • Goal !! चर्च ब्वाइजले बराबरी गोल फर्काएको छ । खेल सकिन पाँच मिनेटअघि समिर तामाङले चर्च ब्वाइजका लागि बराबरी गोल फर्काएका हुन् । जारी प्रतियोगितामा समिर तामाङको यो व्यक्तिगत दोस्रो गोल हो । यसअघि उनले क्वाटरफाइनलमा नेपाल पुलिसलाई पराजित गर्दा एक मात्र निर्णायक गोल गरेका थिए ।

substitute खेलाडी परिवर्तन 84'

83'
फ्री किक

फ्री किक

आर्मीका खेलाडीले पेनाल्टी बक्स नजिकै बल हातले छुन पुगेपछि चर्च ब्वाइजले फ्रिकिक पाएकाे छ । राेहन कार्कीले प्रहार गरेकाे बल आर्मीका कप्तान जिलेप्सीजंग कार्कीसँग ठाेक्किँदै क्लियर भएकाे छ ।

81'
Commentry

आर्मीका खेलाडी दिनेश हेन्जन केही समस्यामा देखिएका छन् । उनलाई मैदानबाहिर ल्याउन स्ट्रेचर बाेलाइएकाे छ ।

80'
पहेंलो कार्ड

पहेंलो कार्ड

आर्मीका सिद्धान्त चाैधरीलाई पहेंलाे कार्ड देखाइएकाे छ ।

79'
Commentry

चर्चब्वाइजका समीर तामाङले प्रहार गरेकाे बल पाेस्ट बाहिरएकाे छ ।

77'
फ्री किक

फ्री किक

चर्चब्वाइजका कमल श्रेष्ठले प्रहार गरेकाे फ्रिकिक सिक्स यार्ड बक्समा बाउन्स हुँदै पाेस्टभन्दा बाहिर गयाे ।

76'
Commentry

चर्चब्वाइजका धिरज थजालीले हानेकाे बल पाेस्टभन्दा माथिबाट बाहिरियाे ।

75'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले पेनाल्टी बक्सको थोरै बाहिर फ्रिकिक पाएको छ ।

74'
corner

कर्नर किक

चर्च ब्वाइजले कर्नर पाएकाे छ । कप्तान कमल श्रेष्ठले हानेकाे कर्नर आर्मीका जितेन्द्र कार्कीले हेड गर्दै क्लियर गर्न खाेजेका थिए । त्यसैमा प्राप्त बल सन्ताेष खत्रीले प्रहार गरेका थिए । तर बल बाहिरियाे ।

substitute खेलाडी परिवर्तन 74'

72'
Commentry

चर्च ब्वाइजका धिरज थजाली केही समस्यामा देखिएका छन् । उनलाई मेडिकल टाेलीले मैदान बाहिर ल्याएका छन् ।

68'
फ्री किक

फ्री किक

आर्मीले फ्रिकिक पाएको छ ।

Commentry
चर्चब्वाइजविरुद्ध १ गाेल गर्दै जारी प्रतियाेगितामा ३ गाेलसहित आर्मीका दिनेश हेन्जन सर्वाधिक गाेलकर्ता बनेका छन् । उनले संकटा क्लबसँगकाे खेलमा व्यक्तिगत २ गाेल गरेका थिए ।
66'
corner

कर्नर किक

चर्च ब्वाइजले कर्नर पाएकाे छ । राजीव लाेप्चनले हानेकाे बल निरज कार्कीले हेड गरेका थिए । विपक्षी गाेल रक्षकले सजिलै क्याच गरेर बचाए ।

substitute खेलाडी परिवर्तन 64'

Sushil Rai Midfielder

substitute खेलाडी परिवर्तन 64'

61'
Goal
TribhuwanArmy Club - Dinesh Hemjan
GOAL !

Goal !! दिनेश हेन्जनको गोलमा आर्मीले अग्रता लिएको छ । आर्मीले करिब ३० यार्ड टाढा फ्रिकिक पाएको थियो । जसलाई दिनेश हेन्जनले उत्कृष्ट गोलमा परिणत गरे । उनले ग्राउण्ड सट प्रहार गरेका थिए । जसलाई चर्च ब्वाइजका किपर सन्तोस महतले रोक्ने अवसर नै पाएनन् ।

60'
पहेंलो कार्ड

पहेंलो कार्ड

पेनाल्टी ‍बक्स नजिकै आर्मीका दिनेश हेन्जनलाई लडाउन पुग्दा चर्च ब्वाइजका सन्ताेष खत्रीले पहेंलाे कार्ड पाएका छन् ।

Commentry
माैसम केही खुलेकाे छ । मैदानमा घाम देखिन थालेकाे छ । मैदानमा तीव्र प्रतिस्पर्धा र दर्शककाे हुटिङले माहाेल पनि तात्तिँदैछ ।
57'
corner

कर्नर किक

आर्मीले कर्नर पाएकाे छ । दिनेश हेन्जनले प्रहार गरेकाे कर्नर विपक्षी खेलाडीले क्लियर गरे ।

55'
फ्री किक

फ्री किक

चर्च ब्वाइजका कमल श्रेष्ठकाे फ्रिकिक सुशिल राईले हेड गरेका थिए । तर सहायक रेफ्रीले अफसाइड संकेत गरे ।

54'
Commentry

आर्मीका रिपु भुलानले पेनाल्टी बक्समा प्रहार गरेकाे क्रस कप्तान जिलेप्सीजंग कार्कीले भेटेनन् । बल बाहिरियाे ।

50'
Commentry

फेरि आर्मीले डिफेन्सिभ एरियामा फ्रिकिक पाएकाे छ ।

50'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ ।

49'
Commentry

आर्मीका मिलन याेन्जनले प्रहार गरेकाे बल विपक्षी पाेस्टभन्दा माथिबाट बाहिरिएकाे छ ।

Second Half Time
Second Half Kick Off
Commentry
पहिलाे हाफ गाेलरहित बराबरीमा टुंगिएकाे छ । फाइनलसम्मकाे यात्रा सुरक्षित गर्न दुवै टिम संघर्षरत छन् । अब दाेस्राे हाफमा कसले बाजी मार्ला त ?
Half Time
Half Time
45'
Commentry

पहिलाे हाफमा ३ मिनेट इन्जुरी टाइम थपिएकाे छ ।

44'
फ्री किक

फ्री किक

आर्मीका रिपु भुलानले गल्ती गर्न पुग्दा चर्चब्वाइजले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ ।

43'
Commentry

आर्मीका दिनेश हेन्जनकाे गाेलपाेस्ट केन्द्रित प्रहार विपक्षी गाेल रक्षकले सजिलै रक्षा गरे ।

40'
Commentry

चर्चब्वाइजका गाेल रक्षक सन्ताेष महतले पेनाल्टी बक्सभन्दा बाहिर आएर बल क्लियर गरेका छन् ।

39'
फ्री किक

फ्री किक

आर्मीले फ्रिकिक पाएकाे छ । जितेन्द्र कार्कीले प्रहार गरेकाे फ्रिकिक जिलेप्सीजंग कार्कीले रिसिभ गरेका थिए । तर असिस्टेन्ट रेफ्री कृष्णकन्हैया यादवले अफसाइडकाे झण्डा देखाएका छन् ।

37'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले फ्रिकिक पाएकाे छ । सञ्जित राईले प्रहार गरेकाे फ्रिकिक विपक्षीले क्लियर गरे ।

35'
Commentry

आर्मीका रिपु भुलानले हानेकाे सट पाेस्टकाे दिशा लिन सकेन ।

32'
Commentry

आर्मीका दिनेश हेन्जनले दिएकाे क्रस कप्तान जिलेप्सीजंग कार्कीले रिसिभ गर्न सकेनन् ।

28'
फ्री किक

फ्री किक

चर्चब्वाइजले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ ।

27'
फ्री किक

फ्री किक

आर्मीका जितेन्द्र कार्कीले मैदानको मध्यभाग नजिकबाट फ्रिकिक प्रहार गरेका थिए । तर चर्च ब्वाइजका खेलाडीले पेनाल्टी बक्सबाट क्लियर गरे ।

23'
Commentry

आर्मीका दिनेश हेन्जनले प्रहार गरेकाे शक्तिशाली प्रहार क्रस बार भन्दा माथिबाट बाहिरियो ।

substitute खेलाडी परिवर्तन 21'

19'
Commentry

आर्मीका कप्तान भरत खवास केही समस्या देखिएका छन् । मेडिकल टाेली मैदान प्रवेश गरेकाे छ । उनले आर्मब्यान्ड जिलेप्सीजंग कार्कीलाई दिएका छन्। भरतलाई स्ट्रेचरमा मैदानबाहिर ल्याइएकाे छ ।

17'
offside

अफ साइड

टिममेटले दिएकाे बल रिसिभ गर्ने क्रममा आर्मीका कप्तान भरत खवास अफसाइड भएका छन् ।

15'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले फ्रिकिक पाएकाे छ ।

11'
corner

कर्नर किक

चर्च ब्वाइजले फेरी कर्नर पाएको छ । कमल श्रेष्ठले हानेको कर्नर आर्मीका जितेन्द्र तामाङले क्लियर गर्न प्रयास गरेका त्यसपछि रास बहादुर मगरले क्लियर गरे ।

11'
corner

कर्नर किक

चर्च ब्वाइजले कर्नर पाएको छ । कमल श्रेष्ठले प्रहार गरेकाे बल टिममेट प्रशान्त लक्ष्मणले रिसिभ गरेर गाेल पाेस्टकाे दिशा दिएका थिए । तर विपक्षी गाेलरक्षक समित श्रेष्ठले पन्च गर्दै उत्कृष्ट बचाउ गरे । चर्चले फेरि कर्नर पायाे ।

10'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले फ्रिकिक पाएको छ ।कप्तान कमल श्रेष्ठले सिधै पोष्टमा प्रहार गरेका थिए । आर्मीका समित श्रेष्ठले बल पूर्ण रुपमा क्लियर गर्न नसकेपछि डिफेण्डरले बल क्लियर गरेका थिए र बल बाहिर गरेपछि चर्च ब्वाइजले कर्नर पाएको छ ।

8'
Commentry

आर्मीका दिनेश हेन्जनले हानेको फ्रिकिक प्रहार आफ्नै टिममेटलाई लागेर मैदान बाहिर पुगेको छ ।

7'
फ्री किक

फ्री किक

आर्मीले फ्रिकिक पाएको छ ।

7'
Commentry

चर्च ब्वाइजका कप्तान कमल श्रेष्ठले हानेको फ्रिकिकमा बायाँ साइडबाट सुशिल राईले हेड गरेका थिए । तर सिक्स यार्ड बक्समा बल उनका टिममेटले भेटाउन सकेनन् र आर्मीका खेलाडीले बल क्लियर गरे ।

6'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले फ्रिकिक पाएको छ ।

5'
Commentry

आर्मीका दिनेश हेन्जनले हानेको कर्नर चर्च ब्वाइजका खेलाडीले क्लियर गरे ।

4'
corner

कर्नर किक

आर्मीले कर्नर पाएको छ ।

3'
फ्री किक

फ्री किक

चर्च ब्वाइजले डिफेन्सिभ एरियामा फ्रिकिक पाएको छ ।

Kick Off
Kick Start
Commentry
  • आर्मी भरत खवासको कप्तानीमा मैदान उत्रँदैछ । गोलकिपर विकेश कुथु आज पनि बेन्चमा छन् । यस्तै चर्च ब्वाइजको कप्तानी कमल श्रेष्ठले गर्दैछन् । नियमित कप्तान अनन्त तामाङ आज पनि बेन्चमा छन् । चर्च ब्वाइजले आज जिवन गुरुङ र सुशिल राई दुई नयाँ खेलाडी थप गरेको छ र दुवै खेलाडी पहिलो रोजाईँमा खेल्दैछन् ।
Commentry
  • खेलका लागि आर्मी र चर्च ब्वाइजको टोली मैदान प्रवेश गरेको छ । आर्मी रातो-कालो तथा चर्च ब्वाइज सेतो जर्सी लगाएर खेल्दैछ । आजको खेल प्रज्वल क्षेत्रीले खेलाउँछैन । असिस्टेन्ट रेफ्रीमा किसन कनैया यादव र शुक्र तामाङ छन् भने नविन्द्र महर्जन फोर्थ अफिसियलमा छन् । रिजर्भ असिस्६ेन्ट अफिसियलमा रेशम गुरुङ छन् ।
Commentry
आज पाेखरामा हिजाेअस्तिभन्दा केही चिसाेचिसाे माैसम छ । याे चिसाे माैसमलाई त्रिभुवन आर्मी र चर्चब्वाइजकाे खेलले कत्तिकाे ताताे बनाउला त ???
Commentry
आर्मीले क्वाटरफाइनलमा साविक विजेता संकटालाई ३-० ले पराजित गरेको थियो । त्यसअघि पहिलो खेलमा आर्मीले राइजिङ स्टारलाई १-० ले पराजित गरेको थियो । यस्तै पहिलो चरणमा बाई पाएको चर्च ब्वाइजले क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
Commentry
नमस्कार । पर्यटकिय नगरी पोखराबाट स्वागत छ । २३औं आहारारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीच खेल हुँदैछ । आज खेलको लाइभ अपडेट लिएर उपस्थित भइसकेका छौँ ।

Upcoming match

Top Scorer

Nepal Super League
Imoh Ezekiel Lalitpur City
Matches 5
Score 6
Moses Gyabaah Twum Pokhara Thunders
Matches 5
Score 5
william opoku Asiedu Birgunj United
Matches 4
Score 5
Dinesh Hemjan TAFC

Matches 4
Score 4
Ahmad Hijazi Dhangadhi
Matches 4
Score 4
Matches 3
Score 3
Papa Ibou Kebe Lalitpur City
Matches 3
Score 3
Afeez Olawale Dhangadhi
Matches 3
Score 3
Nkgngue Junior Kathmandu Rayzrs
Matches 3
Score 3
Matches 3
Score 3

Recent Results

२०८० माघ ९, मंगलबार
SCP
1 - 2
TSC
२०८० माघ १०, बुधबार
0 - 1
TAC
२०८० माघ ११, बिहीबार
MFC
0 - 1
JYC
२०८० माघ १२, शुक्रबार
2 - 0
APF
२०८० माघ १३, शनिबार
0 - 2
TSC

Players to watch

Hisub Thapaliya Forward
Kathmandu Rayzrs
Jhapa
Abishek Lama Defender
Pokhara Thunders
Samiraj Thokar Midfielder
Jhapa
Chitwan
Imoh Ezekiel Forward
Lalitpur City
Chitwan
Bishal basnet Defender
Jhapa
Bishal kc Goalkeeper
Butwal
Utsab Rai Midfielder
Chitwan