 
                             Nigeria, Forward
                                    Nigeria, Forward                                
                                Imoh Ezekiel
                                
                                    
                                         Nigeria, Forward
                                        Nigeria, Forward                                    
                                
                            
                            
                            
                         Nigeria, Forward
                                        Nigeria, Forward                                    इमोह इजेकेल नाइजेरियन फरवार्ड हुन् । युरोपा लिग खेल्दै इंग्लिस क्लब टोटनहम विरुद्ध गोल समेत गरेका इजेकेल निकै अनुभवी खेलाडी हुन् । उनी पहिलो पटक नेपाल सुपर लिग (एनएसएस) खेल्न नेपाल आएका थिए । जसमा उनले ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाउन मदत गर्दै सर्वाधिक ६ गोल गरेर गोल्डेन बुट समेत जिते ।
नाइजेरियाको राष्ट्रिय टिमका लागि पनि खेलिसकेका उनी सन् २०१६ को रियो ओलम्पिकमा नाइजेरियन यु-२३ टिमले कांस्य पदक जित्दा टिमको सदस्य थिए ।
३१ वर्षीय इमोह इजेकेले नाइजेरियाको राष्ट्रिय टिमबाट १ खेल खेलेका छन् । उनले सन् २०१४ मा मेक्सिको विरुद्ध खेलेका थिए ।
यस्तै उनले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नाइजेरिया यू-२३ टिबाट कांस्य पदक जितेका थिए । त्यसपछि भने उनले राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएनन् । २०१४ मा ब्राजिलमा भएको पिफा विश्वकपमा उनी नाइजेरियामा टिममा पर्ने आशामा थिए । तर टिममा नपरेपछि इजेकेल रिसाएका समेत थिए ।
नाइजेरियाको ३६ लायन्सबाट युथ करियर सुरु गरेका इमोहको फुटबल करिअरको धेरै समय युरोपमै बित्यो । उनले बेल्जियमको महारथी एन्डरलेक्ट र स्ट्यानडर्ड लिगबाट खेले ।
स्पेनको लस पलमस, टर्कीको कोन्यासपोजरबाट पनि खेले । पछिल्लो समय उनले यूएईका क्लबहरु अल-जजिरा र अल घार्फाबाट पनि खेले ।
इमोहले २०१५-१६ को सिजन एन्डरलेक्टमा लोनमा बिताउँदा युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग समेत खेलेका थिए ।
त्यसबेला समूह चरणमा इंग्लिस क्लब टोटनहम विरुद्ध खेल्दै इमोहले गोल गरेका थिए । त्यस खेलमा टोटनहम २-१ ले विजयी भएको थियो ।
उनले सन् २०१२ देखि व्यावसायिक फुटबल खेल्न थालेका हुन् ।
उनले बेल्जियन जुपिलर प्रो लिग, यूएई प्रो लिग, युरोपा लिग, ला लिगा, सुपर लिग, युरोपा लिग क्वालिफाइ जस्ता विभिन्न देशमा रहेर १५ भन्दा बढी लिग खेलिसकेका छन् ।
Read Full
समाचार
 
                                            प्लेयर्स टु वाच
 
                                 
                                 
                                 
                                 
                    










 
                                             
                                             
                                             
                                             
                                             
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                
















