+

नेपाली फुटबलमाथिको प्रतिबन्ध हटाउन मनिष डाँगीको आग्रह

२०८३ साउन  १७ गते १४:०१ २०८३ साउन १७ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीले नेपाली फुटबलमाथिको प्रतिबन्ध हटाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
  • उनले राष्ट्रका लागि खेल्नु गौरव, पहिचान र सम्मानको विषय भएको उल्लेख गर्दै एन्फा र राखेपलाई खेलाडी र राष्ट्रको हितमा कदम चाल्न अनुरोध गरेका छन्।
  • डाँगीले 'हामीलाई हाम्रो झन्डा, हाम्रा जनता र हाम्रा सपनाहरूको प्रतिनिधित्व गर्ने अवसर दिइयोस्' भन्दै नेपाली फुटबलको विकास हुनुपर्नेमा जोड दिएका छन्।

१७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य मनिष डाँगीले नेपाली फुटबलमाथिको प्रतिबन्ध हटाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

डाँगीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत राष्ट्रका लागि खेल्नु केवल खेल मात्र नभई गौरव, पहिचान र सम्मानको विषय भएको उल्लेख गरेका छन् ।

‘राष्ट्रका लागि खेल्नु भनेको केवल एउटा खेल मात्र होइन । यो गौरव, पहिचान र सम्मानको विषय हो । खेलाडीका रूपमा हामी वर्षभरि यही लक्ष्यका लागि मिहिनेत गर्छौं। हामीलाई हाम्रो झन्डा, हाम्रा जनता र हाम्रा सपनाहरूको प्रतिनिधित्व गर्ने अवसर दिइयोस्’ उनले लेखेका छन्।

उनले नेपालमा फुटबलको अस्तित्व जोगिनुका साथै यसको विकास र उन्नति हुनुपर्नेमा जोड दिएका छन् ।

डाँगीले अखिल नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा अन्य सम्बन्धित निकायलाई जिम्मेवारीबोध गर्दै खेलाडी र राष्ट्रको हित हुने गरी आवश्यक कदम चाल्न पनि अनुरोध गरेका छन् ।

हाल नेपालमा फुटबल गतिविधि प्रभावित बनेको अवस्थामा राष्ट्रिय टोलीका खेलाडीहरूले सार्वजनिक रूपमा चिन्ता व्यक्त गर्न थालेका छन् ।

नेपाली फुटबल मनिष डाँगी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय