News Summary
Generated by OK AI. Editorially reviewed.- साफ च्याम्पियनसिप फुटबल २०२६ को ड्र सार्वजनिक भएको छ तर फिफाको निलम्बनका कारण नेपाललाई ड्र मा समावेश गरिएको छैन।
- फिफाको निलम्बन सेप्टेम्बर १ सम्म फुकुवा भएमा नेपाल समूह ए मा रहने दक्षिण एसियाली फुटबल महासंघले जनाएको छ।
- समूह ए मा आयोजक बंगलादेश, श्रीलंका र भुटान रहेका छन् भने समूह बी मा भारत, माल्दिभ्स र पाकिस्तान परेका छन्।
१६ साउन, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल २०२६ को ड्र सार्वजनिक भएको छ ।
बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने प्रतियोगिताको लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार ड्र सार्वजनिक गरेको हो ।
तर दक्षिण एसियाबाट ७ मध्ये ६ टिम मात्र ड्र मा समावेश छन् भने फिफाको निलम्बनमा परेको नेपाललाई ड्र मा समावेश गरिएको छैन ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेकाले नेपाल अहिले कुनै समूहमा छैन । तर, प्रतियोगिता सुरु हुनुअघि फिफाको निलम्बन फुकुवा भए नेपाल समूह ए मा रहने साफले जनाएको छ ।
नेपालले साफ खेल्नका लागि सेप्टेम्बर १ सम्म निलम्बन फुकुवा भईसक्नुपर्नेछ । अन्यथा यस पटक साफमा ६ टोलीले मात्र खेल्नेछन् ।
शनिबार ढाकामा सार्वजनिक गरिएको ड्र अनुसार समूह ए मा आयोजक बंगलादेश, श्रीलंका र भुटान छन् । यस्तै भारत, माल्दिभ्स र पाकिस्तान समूह बी मा छन् ।
निलम्बनमा परेको नेपालको सहभागिता भने अहिलेसम्म अन्योलमा छ ।
यसअघि २०२३ मा भारतको बेंगलुरुमा भएको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको थियो ।
प्रतिक्रिया 4