+

स्कट एडवार्ड्सले छाडे नेदरल्यान्ड्सको कप्तानी, बास डे लिडे नयाँ कप्तान

२०८३ साउन  १६ गते ७:५४ २०८३ साउन १६ गते ७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेदरल्यान्ड्स क्रिकेट टोलीका कप्तान स्कट एडवार्ड्सले चार वर्षपछि आफ्नो कप्तानी पदबाट राजीनामा दिएका छन् ।
  • नेदरल्यान्ड्स क्रिकेट संघले २६ वर्षीय अलराउन्डर बास डे लिडेलाई टोलीको नयाँ कप्तान नियुक्त गरेको छ ।
  • एडवार्ड्सको नेतृत्वमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र वेस्ट इन्डिजजस्ता शक्तिशाली टोलीमाथि ऐतिहासिक जित हासिल गरेको थियो ।

१६ साउन, काठमाडौं । नेदरल्यान्ड्स क्रिकेट टोलीका कप्तान स्कट एडवार्ड्सले चार वर्षपछि कप्तानीबाट राजीनामा दिएका छन् । नेदरल्यान्ड्स क्रिकेट संघ (केएनसीबी) ले शनिबार अलराउन्डर बास डी लिडेलाई सबै प्रारूपको नयाँ कप्तान नियुक्त गरेको घोषणा गरेको हो ।

गएराति सम्पन्न लिग २ को शृङ्खलापछि एडवार्ड्सले ड्रेसिङ रुममा आफू कप्तानबाट हट्ने निर्णय सुनाएका थिए । सोही क्रममा बास डे लिडेलाई नयाँ कप्तान पनि घोषणा गरिएको हो ।

एडवार्ड्सले जुन २०२२ मा पिटर सिलारको स्थानमा कप्तानी सम्हालेका थिए । उनको नेतृत्वमा नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय सफलता हासिल गरेको थियो ।

उनले टोलीलाई लगातार चार आईसीसी विश्वकप प्रतियोगितामा नेतृत्व गर्दै दक्षिण अफ्रिका, वेस्ट इन्डिज र बंगलादेशजस्ता शक्तिशाली टोलीमाथि ऐतिहासिक जित दिलाएका थिए ।

विकेटकिपर र कप्तानको दोहोरो जिम्मेवारी सम्हाल्दै एडवार्ड्स टोलीका भरपर्दा ब्याटरका रूपमा पनि स्थापित भए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ३५ अर्धशतक प्रहार गर्दै नेदरल्यान्ड्सको मध्यक्रमलाई मजबुत बनाएका छन् ।

हालै नेदरल्यान्ड्समै भएको नेपाल र नामिबियासँगको शृङ्खलामा पनि उनले ३ खेलमा अर्धशतक बनाएका थिए । नेदरल्यान्ड्सले ३ खेल जित्दा गएराति भएको अन्तिम खेलमा पराजित भएको थियो ।

‘म खेलाडीको रूपमा अझै लामो समय योगदान दिन सक्छु भन्ने लाग्छ, हाललाई कप्तानी भने छाड्ने निर्णय गरेको छ । म मेरो टिमलाई सधैंको साथका लागि धन्यवाद दिन चाहन्छु’ एडवार्ड्सले भने ।

अब कप्तानीको जिम्मेवारी २६ वर्षीय अलराउन्डर बास डे लिडेले सम्हाल्नेछन् । सन् २०२३ को आईसीसी विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका डी लिडेलाई नेदरल्यान्ड्स क्रिकेटको नयाँ पुस्ताका प्रमुख खेलाडीका रूपमा हेरिन्छ ।

डे लिडेले हालसम्म अन्तर्राष्ट्रिय एकदिवसीय र टी–२० क्रिकेटमा संयुक्त रूपमा करिब दुई हजार तीन सय रन बनाएका छन् भने करिब ९० विकेट पनि लिएका छन् ।

उनको नेतृत्वमा नेदरल्यान्ड्सले पूर्ण सदस्य राष्ट्रविरुद्ध थप अवसर र प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

बास डे लिडेले कप्तानको जिम्मेवारी दिएकोमा बोर्डलाई धन्यवाद दिँदै एडवार्ड्सको नेतृत्वको प्रशंसा गरे । ‘एडवार्ड्स निकै राम्रा लिडर हुन्, उनले हामीलाई विभिन्न समयमा शानदार जित दिलाएका छन् । हामी सबैमा विश्वास पनि गर्छन् र हामीलाई व्यक्गित रूपमा पनि सफल बनाउन प्रेरित गरेका छन् । धेरै धेरै धन्यवाद’ उनले भनेका छन् ।

नेदरल्यान्ड्स क्रिकेट बास डे लिडे स्कट एडवार्ड्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय