+

लिग २ को शृङ्खला खेलेर नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

२०८३ साउन  १५ गते १७:१५ २०८३ साउन १५ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ को शृङ्खला खेलेर नेपाली क्रिकेट टोली शुक्रबार साँझ स्वदेश फर्किएको छ ।
  • नेदरल्यान्ड्समा भएको शृङ्खलाका चारै खेलमा पराजित भएपछि नेपालको शीर्ष चारमा पर्ने सम्भावना लगभग समाप्त भएको छ ।
  • बाँकी खेलमा खराब नतिजा आएमा नेपालको ओडीआई स्टाटससमेत जोखिममा पर्ने देखिएको छ ।

१५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको ओडीआई शृङ्खला खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली क्रिकेट टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका हेड अफ क्रिकेट अपरेसन्स विनोद दासलगायतले स्वागत गरे ।

नेपाल शृङ्खलाका चारै खेलमा पराजित भएको थियो । नेपालको अब लिग २ मा शीर्ष ४ मा पर्ने सम्भावना लगभग समाप्त भएको छ ।

नेपालको ३२ खेलमा २४ अंक छ । अब नेपालले सबै खेल जितेपनि ३२ अंक मात्र हुनेछ । सबै जितेपनि अन्य नतिजामा समेत धेरै भर पर्नु पर्नेछ ।

नेपालले बाँकी ४ मध्ये १ मात्र खेल हारेपनि शीर्ष ४ को सम्भावना पूर्णरूपमा सकिनेछ । नेपालले ओमान र क्यानडासँगको शृङ्खला खेल्न बाँकी छ ।

अब ओमानले खेल्न बाँकी ८ खेलमध्ये एक खेल मात्र जितेमा पनि नेपाल शीर्ष ४ मा पर्ने छैन । क्यानडाको पनि नेपाललाई उछिनेर अगाडि जाने सम्भावना कायम छ ।

नेपाललाई क्यानडाले पनि उछिनेर अगाडि गएमा नेपालको ओडीआई स्टाटस नै जोखिममा पर्नेछ ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय