+

न्याथम इन्डोर क्रिकेट च्याम्पियनसिप हुने

२०८३ साउन  १५ गते २२:०० २०८३ साउन १५ गते २२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल एकेडेमी अफ टुरिज्म, होटल एण्ड माउन्टेनियरिङले भदौ ९ देखि ११ गतेसम्म काठमाडौँमा न्याथम इन्डोर क्रिकेट च्याम्पियनसिप २०२६ आयोजना गर्ने घोषणा गरेको छ ।
  • प्रतियोगितामा स्नातक तहका १६ कलेज टोलीको सहभागिता रहने र विजेताले ८० हजार तथा उपविजेताले ४० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
  • प्राविधिक निर्देशक रबिन्द्र गुप्ताले यो प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै नेपाली क्रिकेटको भविष्य निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

१५ साउन, काठमाडौं । नेपाल एकेडेमी अफ टुरिज्म, होटल एण्ड माउन्टेनियरिङ (न्याथम) ले ‘न्याथम इन्डोर क्रिकेट च्याम्पियनसिप २०२६’ आयोजना गर्ने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेन गर्दै प्रतियोगिता भदौ ९ देखि ११ गते सम्म काठमाडौको भेलोसिटी क्रिकेट एरिनामा हुने जानकारी दिएको हो ।

प्रतियोगितामा देशभरका स्नातक तहका १६ कलेज टोली सहभागी हुनेछन् । प्रतियोगिताको खेल समूह चरण र त्यसपछि नकआउट चरणको आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु. ८० हजार र उपविजेताले रु. ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याटर र बेस्ट बलर लाई पनि विशेष व्यक्तिगत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस प्रतियोगिताको मुख्य उद्देश्य कलेजस्तरीय क्रिकेट खेलाडीहरूलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउनुका साथै कलेजहरूबीचको सहकार्य तथा सम्बन्धलाई थप मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सुरुमा दर्ता गर्ने टिमले पहिलो प्राथमिकता पाउनेछ । १६ टोली मात्र सहभागी हुने भएकाले इच्छुक कलेजहरूलाई समयमै दर्ता गराउन आग्रह गरिएको छ ।

प्रतियोगिताका प्राविधिक निर्देशक रबिन्द्र गुप्ताले न्याथम इन्डोर क्रिकेट च्याम्पियनसिप २०२६ ले कलेजस्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले प्रतियोगितालाई केवल उपाधिको प्रतिस्पर्धा मात्र नभई अनुशासन, खेलभावना, नेतृत्व क्षमता र टोली भावनाको विकास गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइएको बताए । ‘यो प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै नेपाली क्रिकेटको भविष्य निर्माणमा सकारात्मक योगदान पुऱ्याउने विश्वास लिएका छौं ।’

प्रतियोगितालाई थप आकर्षक बनाउन प्रत्यक्ष प्रसारण, फुड स्टल, मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन् । यसले खेलाडी, विद्यार्थी तथा दर्शकलाई रोमाञ्चक र अविस्मरणीय अनुभव प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

न्याथम इन्डोर क्रिकेट च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय