News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले कम्बोडियाली क्लब फ्नोम पेन क्राउनबाट डेब्यु खेलमै गोल गरेकी छन् ।
- बुधबार भएको खेलमा रेखाले १०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् र फ्नोम पेन क्राउन ५–० गोलले विजयी भयो ।
- रेखाले 'बोउङ किटविरुद्ध टोलीको जितमा योगदान दिन पाउँदा अझ खुशी लागेको छ' भन्दै आगामी खेलमा ध्यान केन्द्रित गर्ने बताएकी छन् ।
१६ साउन, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले कम्बोडियाली क्लब फ्नोम पेन क्राउन महिला एफसीबाट डेब्यु खेलमै गोल गरेकी छन् ।
बुधबार भएको खेलमा रेखाले खेल सुरु भएको १०औं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनको उत्कृष्ट सुरुआतसँगै फ्नोम पेन क्राउनले बोउङ किट एफसीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो ।
हालै फ्नोम पेन क्राउनसँग अनुबन्ध भएकी रेखाले पहिलो खेलमै गोल गर्दै क्लबबाट आफ्नो यात्रा सुखद बनाएकी हुन् ।
‘बोउङ किटविरुद्ध टोलीको जितमा योगदान दिन पाउँदा अझ खुशी लागेको छ । अब हाम्रो ध्यान आगामी खेलमा केन्द्रित छ’ रेखाले भनेकी छन् ।
नेपाली महिला टोलीकी मुख्य फरवार्डमध्ये एक रेखाले पछिल्ला केही वर्षयता राष्ट्रिय टोलीका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।
अब उनले कम्बोडियाली लिगमा पनि त्यही लय कायम राख्ने संकेत डेब्यु खेलबाटै दिएकी छन् ।
प्रतिक्रिया 4