News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस क्लब चेल्सीले अनुभवी फरवार्ड ड्यानी वेलबेकलाई ब्राइटनबाट दुई वर्षको सम्झौतामा अनुबन्ध गरेको छ।
- चेल्सीले उनीभन्दा अघि एस्टन भिल्लाबाट मोर्गन रोजर्स र एटलान्टाबाट मार्को पालेस्ट्रालाई पनि टोलीमा भित्र्याएको छ।
- वेलबेकले चेल्सी जस्तो क्लबको चासोले आफूलाई गर्व महसुस गराएको र टोलीका लागि आफ्नो सबैथोक दिने लक्ष्य रहेको बताएका छन्।
१७ साउन, काठमाडौं । इंग्लिस क्लब चेल्सीले अनुभवी फरवार्ड ड्यानी वेलबेकलाई अनुबन्ध गरेको छ ।
३५ वर्षीय वेलबेक प्रिमियर लिग क्लब ब्राइटनबाट दुई वर्षको सम्झौतामा स्टामफोर्ड ब्रिज पुगेका हुन् । दुवै क्लबले स्थानान्तरण रकम भने सार्वजनिक गरेका छैनन् ।
गत सिजन वेलबेकले ब्राइटनका लागि ३७ लिग खेलमा व्यक्तिगत करिअरकै उत्कृष्ट १३ गोल गरेका थिए। प्रिमियर लिगमा उनीभन्दा बढी गोल गर्ने इंग्लिस खेलाडी तीन जना मात्र थिए ।
यससँगै उनी यो सिजन चेल्सीको तेस्रो नयाँ अनुबन्ध बनेका छन्। यसअघि चेल्सीले एस्टन भिल्लाबाट मोर्गन रोजर्स र एटलान्टाबाट मार्को पालेस्ट्रालाई भित्र्याएको थियो ।
चेल्सीमा अनुबन्ध भएपछि वेलबेकले क्लबको चासोले आफूलाई निकै गर्व महसुस गराएको बताए ।
‘चेल्सी जस्तो क्लबले चासो देखाउँदा निकै गर्व लागेको छ। टोलीका केही खेलाडीसँग पहिल्यै परिचय छ । प्रशिक्षकसँग पनि निकै सकारात्मक कुराकानी भएको छ र सुरुदेखि नै राम्रो सम्बन्ध महसुस गरेको छु’ उनले भने ।
‘मभित्र अझै पनि खेल्ने भोक छ। यो क्लबका लागि आफ्नो सबैथोक दिन र समर्थकलाई गर्व गराउने लक्ष्य राखेको छु ।’
सन् २०२२ मा नयाँ मालिक आएपछि युवा खेलाडी अनुबन्धलाई प्राथमिकता दिँदै आएको चेल्सीले यसपटक भने अनुभवी खेलाडीलाई टोलीमा भित्र्याएको हो।
वेलबेकको आगमनसँगै चेल्सीका अन्य सेन्टर फरवार्डहरूको भविष्यबारे पनि चर्चा सुरु भएको छ। हाल टोलीमा जोआओ पेड्रो, लियाम डेलाप, इमानुएल एमेघा, मार्क गिउ र निकोलस ज्याक्सन रहेका छन्।
वेलबेकले आफ्नो व्यावसायिक करिअर म्यानचेस्टर युनाइटेडबाट सुरु गरेका थिए। सन् २०१४ मा १ करोड ६० लाख पाउन्डमा आर्सनल पुगेका उनले त्यहाँ पाँच सिजन बिताए। त्यसपछि एक सिजन वाटफोर्डमा खेलेर सन् २०२० मा ब्राइटन पुगेका थिए।
इंग्ल्यान्डका लागि उनले ४२ खेलमा १६ गोल गरेका छन्। उनको अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०१८ मा भएको थियो भने सन् २०२६ विश्वकपका लागि प्रशिक्षक थोमस टुखेलले उनलाई टोलीमा समावेश गरेका थिएनन् ।
-बीबीसीबाट
प्रतिक्रिया 4