MMC vs Jawalakhel

Manang Marshyangdi Club

Jawalakhel Youth Club


रणदिप पौडेल मनाङ : ohh misss . good dave by unesh. जावलाखेले खेल ७-६ ले जितेको छ ।

प्रदिप बुढाथोकी जावलाखेल : गोल । जावलाखेलले फेरि अग्रता लिएको छ । जावलाखेल ७-६ मनाङ ।

मनाङका किपर जियारथ आफैँ पेनाल्टी हान्दै छन् । र यो गोल भएको छ । ६-६ को बराबर ।

शिशिर लेखी जावालखेल : गोल । जावलाखेल ६-५ मनाङ

लक्षु थापा मगर मनाङ : गोल । दुवैल ७-७ पेनाल्टी हान्दा ५-५ गोल भएको छ ।

हरिश राज भट्ट जावालखेल : गोल (जावलाखेल ५-४ मनाङ)

सुरज सिंह मनाङ : ohhh save । यहाँ के भइरहेको छ ।

सेवान्त थापा जावालखेल : ohh save!!! उनको प्रहार मनाङका किपर जियारथ शेखले बचाए ।

अस्विन घोरसैनी मनाङ : गोल (जावलाखेल ४-४ मनाङ) पहिलो पाँच पेनाल्टीमा दुवैले ४ गोल गरे भने १ मिस भयो ।

हिसुब थपलिया जावलाखेल : misss!!! हिसुबको प्रहार मनाङका किपर जियारथ शेखले बचाए । खेल रोमाञ्चक बन्दै । जावालखेल ४-३ मनाङ

सुदिप श्रेष्ठ मनाङ : गोल । उनको प्रहार पोष्टमा लागेर गोल भयो । (जावलाखेल ४-३ मनाङ)

प्रवेश कुँवर जावालखेल : गोल (जावलाखेल ४-२ मनाङ)

निशान लिम्बु मनाङ : मिस!!! लिम्बुको प्रहार जावलाखेलका किपर उनेशले बचाए । (जावलाखेल ३-२ मनाङ)

छिरिङ लामा जावलाखेल : गोल (3-2)

अशोक खवास मनाङ : गोल (2-2)

पुस्कर खड्का जावलाखेल : गोल

जय गुरुङ मनाङ : गोल (1-1)

पहिलाे पेनाल्टी जावलाखेल विशाल तामाङ : गाेल

मैदानकाे दक्षिणी भागकाे पाेस्टमा पेनाल्टी सुटआउट हुँदैछ ।

Full Time

कर्नर किक
जावलाखेलले फेरि कर्नर पाएकाे छ ।
खेलाडी परिवर्तन
120+1'


कर्नर किक
जावलाखेलले कर्नर पाएको छ ।

अतिरिक्त समयमा अन्त्यमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
मनाङका जय गुरुङले हानेको फ्रिकिक जावलाखेलका किपर अनिश देउलाले जम्प गर्दै पन्च गरेर बचाए ।
फ्री किक
मनाङले फ्रिकिक पाएको छ ।
कर्नर किक
मनाङले कर्नर पाएको छ ।
खेलाडी परिवर्तन
115'


खेलाडी परिवर्तन
114'


कर्नर किक
जावलाखेलले पाएकाे कर्नर शिशिर लेखीले प्रहार गरेका थिए । उनकाे बल सिधैं विपक्षी गाेलरक्षककाे हातमा पुगेकाे छ ।

कर्नर किक
जावलाखेलले कर्नर पाएको छ ।
फ्री किक
मनाङले फ्रिकिक पाएकाे छ ।
Extra Time Second Half Kick Off
Extra Time Half Time
फ्री किक
खेलकाे अन्तिममा विपक्षी पेनाल्टी बक्स नजिकै जावलाखेलले फ्रिकिक पाएकाे छ । शिशिर लेखीले प्रहार गरेकाे बल टिममेटले रिसिभ गर्ने क्रममा रेफ्रीले अफसाइड जनाउ दिएका छन् ।

अतिरिक्त समयको पहिलो हाफको अन्त्यमा १ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।

अतिरिक्त समयमा दुवै टोली गोल गर्दै खेल जित्ने लक्ष्यमा छन् र तर गोल भने हुन सकेको छैन ।
कर्नर किक
जावलाखेलले कर्नर पाएको छ । हिसुब थपलियाले हानेको कर्नर बक्समा रहेका जावलाखेलका खेलाडीले सदुपयोग गर्न सकेनन् ।

विपक्षी गाेल रक्षक जियारत सेखसँग ठाेक्किएर आएकाे रिबाउन्डबल जावलाखेलका सेवान्त थापाले प्रहार गरेका थिए । तर त्यसलाई पेनाल्टी बक्स एरियाबाट मनाङका खेलाडीले क्लियर गर्न सफल भएका छन् ।
Extra Time Kick Start

Regular Full Time

जावलाखेलका हिसुब थपलियाले हानेको प्रहार मनाङका खेलाडीलाई डिफ्लेक्ट हुँदै गएको थियो । किपर जियारथले सहजै बचाए ।


४ मिनेट इन्जुरी टाइम थप गरिएकाे छ ।
Goal!! what a goal by rajesh pariyar. मनाङले अन्तिम समयमा बराबरी गोल फर्काएको छ । राजेश परियारले बायाँ साइडबाट सिधै विपक्षीको बक्समा क्रस गरेका थिए । तर बलले सिधै पोष्ट भित्र छिर्दै गोलमा परिणत भयो ।
कर्नर किक
मनाङले कर्नर पाएको छ । कप्तान निशान सुब्बाले हानेको कर्नर जावलाखेलका खेलाडीले क्लियर गरे ।

मनाङका जय गुरुङले प्रहार गरेकाे बल विपक्षी गाेलपाेस्टभन्दा धेरै माथिबाट बाहिरिएकाे छ ।
खेलाडी परिवर्तन
85'


अफ साइड
मनाङका खेलाडी अफसाइड भएका छन् ।
खेलाडी परिवर्तन
82'



जावलाखेलका लागि राम्रो अवसर । प्रदिप बुढाथोकीले बायाँ साइडबाट विपक्षीको बक्समा राम्रो क्रस उपलब्ध गराएका थिए तर सुनिल खड्काले उक्त क्रस भेट्न सकेनन् ।
कर्नर किक
जावलाखेलका हिसुबले हानेको कर्नर मनाङका खेलाडीले क्लियर गरे ।

लगत्तै जावलाखेलले पनि गोल गर्ने राम्रो अवसर बनाएको थियो । हिसुब थपलियाले बल अगाडि बढाउादै वसपक्षीको पेनाल्टी बक्समा पुर्याएका थिए । उनले सुनिल खड्काका लागि ब्याक पास दिएका थिए । त्यसपछि सुनिलले प्रहार गरेको बल मनाङका खेलाडीलाई डिफ्लेक्ट हुँदै बाहिर गयो । जावलाखेलले कर्नर पाएको छ ।

ohhhh what a miss !! मनाङले राम्रो अवसर गुमाएको छ । निराजन धामीले राजेश परियारको पासमा बक्सको एजबाट हानेको ओभरहेड किक क्रसबारमा लागेर फर्कियो ।
खेलाडी परिवर्तन
67'


खेलाडी परिवर्तन
65'


फ्री किक
मनाङले फ्रिकिक पाएकाे छ ।
Goal!! again hishub thapaliya. जावलाखेलले मनाङ विरुद्ध अग्रता लिएको छ । सुदिप श्रेष्ठले दिएको पासमा हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका हुन् । उनले सुदिपबाट प्राप्त पासलाई पेनाल्टी बक्समा हल्का अघि बढाउँदै प्रहार गरेको बल गोलमा परिणत भएको हो । मनाङका किपर जियारथ शेखले बल बचाउने कुनै अवसर नै पाएनन् । हिसुबले यसअघि मछिन्द्र विरुद्ध १-० को जितमा पनि गोल गरेका थिए ।

जावलाखेलका सुनिल खड्काकाे पासमा पेनाल्टी बक्समा रहेका विशाल तामाङले हानेकाे प्रहार मनाङका खेलाडीले क्लियर गरे ।

कर्नर किक
जावलाखेलले कर्नर पाएको छ । शिशिर लेखीले हानेको कर्नर मनाङका खेलाडीले क्लियर गरे ।
Second Half Kick Off

Half Time
फ्री किक
मनाङका कप्तान निशान लिम्बुले फ्रिकिक सिधै पोष्टमा प्रहार गरेका थिए । तर जावलाखेलका गोलकिपर अनिश देउलालाे उत्कृष्ट बचाउ गरे ।

मनाङले पेनाल्टी एरिया भन्दा केही बाहिर फ्रिकिक पाएको छ । के मनाङले गोल हान्ला त ?

पहिलो हाफमा २ मिनेट इन्जुरी टाइम थप गरिएको छ ।
फ्री किक
मनाङले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएको छ ।

फ्री किक
जावलाखेलले फ्रिकिक पाएको छ । विशाल तामाङले हानेको फ्रिकिकमा बक्समा रहेका समिराज थोकरले हेड गर्ने प्रयास गरेका थिए । तर बल उनको शरिरमा लागेर फर्कियो ।
अफ साइड
मनाङका निराजन धामी अफसाइड भएका छन् ।
फ्री किक
मनाङले फ्रिकिक पाएकाे छ ।
कर्नर किक
जावलाखेलले कर्नर पाएकाे छ । विशाल तामाङकाे कर्नर प्रहारलाई छिरिङ लामाले हेड गर्न खाेजेका थिए । तर भेट्न सकेनन् ।
फ्री किक
जावलाखेलले फ्रिकिक पाएको छ । कप्तान विशाल तामाङले बायाँ क्षेत्रबाट हानेकाे फ्रिकिक मनाङका गाेलरक्षक जियारत शेखले एक हातले पन्च गरेका थिए । रिबाउन्डमा सुनिल खड्काले बक्सबाहिरबाट प्रहार गरेकाे बल टार्गेटमा पर्न सकेन ।
अफ साइड
जावलाखेलका समिराज थाेकर अफसाइड भएका छन् ।

मनाङका अशाेक खवासले दायाँ साइडबाट सिधै गाेलपाेस्टमा प्रहार गरेका थिए । तर बल सिधै गाेल रक्षक अनिष देउलाकाे हातमा पुगेकाे छ ।
फ्री किक
मनाङले डिफेन्सिभ क्षेत्रमा फ्रिकिक पाएकाे छ ।
कर्नर किक
जावलाखेलले कर्नर पाएको छ । विशाल तामाङले हानेको कर्नर जावलाखेलका कुनै खेलाडीले भेट्न सकेनन् ।

ohhh ! जावलाखेलले एउटा माैका गुमाउन पुगेकाे छ । शिशिर लेखीले पेनाल्टी बक्सकाे थाेरै बाहिरबाट दिएकाे क्रस बक्सभित्र पुष्कर खड्काले हानेका थिए । तर विपक्षी गाेल रक्षक जियात शेखले बचाएका छन् ।

जावलाखेलले कर्नर पाएकाे छ । समिराज थाेकरले हानेकाे ग्राउन्ड क्रस मनाङका खेलाडीले सुरक्षित गरेका छन् ।
कर्नर किक
मनाङले कर्नर पाएकाे छ । राजेश परियारले प्रहार गरेकाे कर्नर अृमत श्रेष्ठले रिसिभ गरेका थिए । तर विपक्षी टिमले क्लियर गरे ।
कर्नर किक
जावलाखेलले कर्नर पाएको छ । शिशिर लेखीले हानेको कर्नर छिरिङ लामाले हेड गर्ने प्रयास गरेका थिए तर उनले बल भेट्टाउन सकेनन् ।
फ्री किक
मनाङले अट्याकिङ एरियामा फ्रिकिक पाएको छ ।
फ्री किक
जावलाखेलले डिफेन्सिभ एरियामा फ्रिकिक पाएको छ ।

ohh !! जावलाखेलले राम्रो मौका बनाएको थियो । तर बल क्रस बारमा लागेर फर्कियो ।
कर्नर किक
जावलाखेलका विशाल तामाङले सट कर्नर खेलेका छन् । उनकाे बल क्लियर भएकाे छ ।
अफ साइड
जावलाखेलका खेलाडी अफसाइड भए ।








