+
+

बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा आएको तीन वर्षभित्र आईपीओ जारी गरिसक्नु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २५ गते ११:०८

२५ भदौं, काठमाडौं । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएको मितिले तीन वर्षभित्र आईपीओ जारी सक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७५ जारी गर्दै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएको मितिले तीन वर्षभित्र सर्वसाधारणको लागि छुट्याइएको सेयर बिक्री वितरण गरी सक्नु पर्ने व्यवस्था गरेको हो ।

आईपीओका लागि यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले एफपीओमा भने कुनै निर्देशन दिएको छैन । प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधीनमा रही सार्वजनिक रुपमा पुनः सेयर निष्काशन -एफपीओ) जारी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सेयर निक्षेप योजना सञ्चालन गर्न सक्ने

राष्ट्र बैंकले सेयर निक्षेप योजना सञ्चालन गर्न सक्ने समेत राष्ट्र बैंकले व्यवस्था गरेको छ । तर, यसका लागि विभिन्न शर्तहरु राष्ट्र बैंकले तोकेको छ ।

सेयर निक्षेप योजना अन्तर्गत बचत गर्ने बचतकर्ताहरूले उक्त कम्पनीको सेयर खरिद गर्न (संस्थापक समूह) चाहेको अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा यस बैंकबाट जारी भएको एकीकृत निर्देशन तथा इजाजतपत्र प्रदान गरिने नीतिमा उल्लेख भएका प्रावधानहरू अनुसार संस्थापक हुन तोकिएको योग्यताहरू पुरा गरेको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?