Comments Add Comment

चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य पेश

२४ असोज, काठमाडौं । टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपाललाई चीनले मात्र २७ रनको झिनो लक्ष्य पेश गरेको छ ।

मलेसियाको मायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले नेपालसामु ठूलो स्कोर बनाउन सकेन । चीनले १३ ओभरमा सबै विकेटको क्षतिमा २६ रन मात्रै बनाएपछि नेपालले २७ रनको चुनौती पाएको हो ।

चीनका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । चीनका ३ जना खेलाडीले मात्रै रन बनाउन सके । चीनका लागि होङ जियाङ यानले ११ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिए । डेङजी माले ५ र चेन जिनफेङले १ रन बनाए । चीनका ७ जना खेलाडी शून्य रनमै आउट भए ।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment