हुन त आँखामा साधरणतय संक्रमण हुने गर्छ । समान्य उपचारमा निको पनि हुन्छ । तर, हेलचेक्राई गरियो भने अन्धोपनको संकट झेल्नुपर्ने हुनसक्छ ।
खासमा आँखाको संक्रमण व्याक्टेरिया, भाइरस तथा फंगसको कारण हुन्छ । आँखाको संक्रमण आँखाको विशेष भागमा हुनसक्छ । यसले एउटा वा दुवै आँखालाई प्रभावित पार्न सक्छ । आँखाको संक्रमणमा एक मात्र होइन, अनेकन लक्षण देखिन्छ । जस्तै, आँखा सुन्निनु, आँखा चिलाउनु, आँखा रातो हुनु, आँखा दुख्नु, आँखाबाट पानी आउनु ।
यस्तो समस्याबाट छुटकारा पाउने सजिलो विधी पनि छ, आँखाको सरसफाई । नियमित रुपमा हात धोएर, तथा चिसो पानीले निरन्तर आँखालाई सफा गरेर पनि आँखाको संक्रमण हुनबाट जोगाउन सकिन्छ ।
आई ड्रप्स तथा एन्टीबायोटिकको प्रयोगद्वारा आँखाको संक्रमणको उपचार गर्न सकिन्छ ।
सजिलै उपचार हुन्छ भनेर हेलचेक्राई भने गर्नुहुन्न । यदी आँखाको संक्रमणमा उचित ख्याल गरिएन भने त्यसले जटिल समस्या ल्याउन सक्छ । जस्तो, आँखा धमिलो हुने, आँखा मुनी कालो दाग देखिने । कतिसम्म भने, यसले अन्धोपनको अवस्थामा समेत पुर्याउन सक्छ ।
के हो आँखाको संक्रमण ?
ब्याक्टेरिया , भाइरस तथा पंगल संक्रमणका कारण आँखा वरिपरिको भागमा कुनै प्रकारको संक्रमण भएमा त्यसलाई आँखाको संक्रमण भन्ने गरिन्छ । यसमा मुख्यतया कोर्निया तथा कंजक्टिभा समावेश छन् ।
आँखाको संक्रमणको लक्षण ?
आँखाको संक्रमण भएमा यस्ता लक्षण देखा पर्ने गर्छ
-आँखाको परेला छोएमा दुखाई महसुस हुनु
-परेला सुन्निनु, रातो वा व्याजी रङको हुनु
-आँखाबाट पहेलो वा हरियो रङको पदार्थ निस्कनु
-आँखा वरिपरि चिप्रा जम्नु
-एउटा वा दुवै आँखामा फोहर जम्नु
-आँखा धमिलो हुनु
-आँखा वरिपरि गाँठो बन्नु
-आँखा विझेको महसुस हुनु
-बत्तीको तेज प्रकाशमा आँखा दुुख्नु
-आँखाबाट निरन्तर पानी बग्नु
-आँखा पोल्नु
-आँखाबाट आँशु निस्कनु
कुन अवस्थामा देखाउने चिकित्सकलाई ?
आई ड्रप्सको प्रयोग तथा घरेलु उपचारका बाबजुद पनि आँखाको संक्रमण कम नभएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । त्यस्तै, दृष्टि कमजोर भए वा आँखामा कुनै प्रकारको वदलाव देखिएमा पनि तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । आँखा वरिपरिको भाग बेस्सरी सुन्निएमा वा फुलेमा पनि तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।
आँखा वरिपरिको भागग तथा परेलामा सानो गिर्खा आएमा, कोर्नियल अल्सर भएमा, ओर्विटल सेलुलाईटिस, कन्जक्टिभाइटिस, आँखाको फंगल इन्फेक्सन इत्यादी भएमा पनि आँखाको संक्रमण हुने गर्छ ।
आँखाको सरसफाइमा ध्यान नदिएमा, लामो समयसम्म कन्ट्याक्ट लेन्सको प्रयोग गरेमा, आँखामा संक्रमित व्यक्तिको रुमाल वा टिस्यू पेपर प्रयोग गरेमा, फोहर हातले आँखा छोएमा, आँखामा चोट लागेमा, धुमपान तथा मधुमेहका कारण पनि आँखाको संक्रमण बढ्न सक्छ ।
यसबाट बच्नका लागि आँखा स्वास्थ्यमा ध्यान दिन जरुरी छ ।
अब के गर्ने त ?
-रसायन तथा अन्य कुनै उत्तेजक पदार्थको सम्पर्कमा आउदाँ आँखालाई सुरक्षित राख्न चश्माको प्रयोग गर्ने ।
-तकिया, रुमाल, चश्मा लगायतका व्यक्तिगत वस्तु अरुलाई प्रयोग गर्न नदिने
-आँखा पोल्ने कुनै पनि क्रिमको प्रयोग अनुहारमा नगर्ने ।
-आँखालाई जहिलेपनि धुलोधुवा तथा प्रदुषणबाट जोगाउने
-हातलाई बेलाबेलामा सफा गर्ने
-आँखामा हात नलगाउने
उपचार विधि
आँखामा कुनै प्रकारको संक्रमण भएमा संक्रमण हुनुको कारण पत्ता लगाउनु पर्दछ । त्यस्तै, आँखालाई नियमित सेकेर पनि आँखाको संक्रमणलाई कम गर्न सकिन्छ । कुनै पनि कपडाले आँखा सेक्दा उक्त कपडालाई राम्ररी धुनु पर्दछ ।
संक्रमणको कारण तुरुन्तै पत्ता लागेमा र समयमै उपचार गरेमा सामान्य प्रकारको व्याक्टेरियल संक्रमण निको हुने गर्छ । विशेषगरी एन्नटीबायोटिकको सेवन, आई ड्रप्स तथा मलमको प्रयोगद्धारा पनि यसलाई निको पार्न सकिन्छ ।
त्यसबाहेक, केही घरेलू उपाय अपनाएर पनि आँखाको संक्रमणको उपचार गर्न सकिन्छ ।
चिया
हरियो चियापतीमा भरपूर मात्रामा एन्टीव्याक्टेरियल तत्व पाइन्छ, जसले आँखाको संक्रमण कम गर्न मद्दत गर्छ । यसको लागि चियापतीलाई उमालेर चिसो बनाउनु पर्छ । र, चिसो भएपछि कपडामा राखेर संक्रमण भएको ठाउँ वरिपरि १० देखि १५ मिनेट राख्नु पर्छ ।
गुलाव जल
गुलाव जलमा कयौ तत्व पाइन्छ, जसले आँखालाई सफा राख्न मद्दत गर्छ । गुलाव जलले आँखा भित्रका कचेरा तथा अन्य सुक्ष्म पदार्थलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ । यसको लागि नियमित रुपमा आँखामा गुलाव जलको केही थोपा राख्न सकिन्छ ।
बेसार
नरिवलको तेल अमला
सुप
पानीमा थोरै सुपलाई उमालेर छान्नुपर्छ । अब यस पानीले आँखा धोएमा आँखाको रातो पना कम हुने गर्छ ।
अमला
शरीरको प्रतिरक्षा प्रणाली बढाउनका लागि अमलाको सेवन फाइदाजनक मानिन्छ । अमलाको रस पिउनु भनेको पानी व्याक्टेरिया वा फंगसका कारण हुने संक्रमणसित लड्ने राम्रो उपाय मानिन्छ ।
एलोभेरा
आँखाको संक्रमणको उपचारका लागि एलोबेरा राम्रो विकल्प हुनसक्छ । एलोभेराको रसलाई रुईको टुक्रामा हालेर प्रभावित क्षेत्रमा लगाउनु पर्छ । यसले संक्रमणबाट ग्रसित नसालाई आराम दिलाउन मद्दत गर्छ ।
स्वस्थ आहार
स्वस्थ आहार लिनाले शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुने गर्छ । जसका कारण आँखाको संक्रमणसित लड्नमा समेत सहयोग मिल्छ ।
सफा पानीले आँखा धुने
दिनमा कम्तीमा दुई वा तीन पटक सफा पानीले आँखा धुनु पर्छ । यसले आँखा चिलाउने , रातो हुने लगायतको समस्या समेत कम हुने गर्छ ।
आँखाको एक्सरसाइज
आँखालाई घडीको दिशामा १५ मिनेट घुमाउने र फेरी उल्टो दिशनमा घुमाउनाले आँखामा रगतको वहाव तेज हुने गर्छ । जसले गर्दा आँखाको संक्रमणसित लड्नमा मद्दत मिल्ने गर्छ ।
आँखामा समस्या भएमा के-कस्ता समस्या आइलाग्छन् ?
आँखा सम्बन्धि समस्या वा संक्रमण भएमा केही गम्भीर समस्या निम्तन सक्छन् ।
-रेटिना क्षतिग्रस्त हुने
-सिफलिस लगायतका केही समस्या पनि ग्लूकोमाको कारण बन्न सक्छ ।
-क्लैमाइडियाको संक्रमणलाई त्यसै छोडेमा यसका कारण बाझोपना वा हृदयलाई क्षतिग्रत हुने लगायतका समस्या पैदा हुनसक्छन् ।
-अर्विटल सेलुलाइटिस भएमा परेलाको टिस्यूमा संक्रमण हुनसक्छ, जुन आफैमा आकस्मिक अवस्था हो । र , यसलाई समयमै उपचार नगरेको खण्डमा संक्रमण तिव्र गतिमा फैलिन सक्छ ।
प्रतिक्रिया 4