+
+

पुष्पल खड्का कि प्रदिप खड्का? रेबिकालाई अप्ठ्यारो (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २ गते ११:४१

चलचित्र ‘लिलिबिली’मा नायिकाको रुपमा अनुवन्धित भएर पनि विविध कारणले काम गर्न नपाएकी कलाकार हुन् रेबिका गुरुङ । उनै रेबिकालाई अर्को चलचित्रमा काम गर्नका लागि एक बर्ष भन्दा बढी समय पर्खनुपर्यो ।

रेबिकासँग गरिएको ‘ओके र्यापिड फायर’को भिडियो यहाँ हेर्नुहोस्ः


रेबिका अब भने चलचित्र ‘मारुनी’मा काम गर्दैछिन् । रेबिकाले अनलाइनखबरसँग कुरा गर्ने क्रममा आफूले लामो करिअरको बारेमा अहिले नै सोचेर काम नगरेको बताइन् । सानैदेखि चलचित्रमा काम गर्ने रुची भएकाले पनि आफू यतातर्फ आकर्षित भएको उनको भनाई थियो ।

चलचित्र ‘मारुनी’को कथावस्तु मनपरेकाले आफूले काम गर्न लागेको उनले सुनाइन् । उनले ‘र्यापिड फायर’मा जवाफ दिने क्रममा पल शाह र सलिनमान बनियाँमध्ये को भन्ने प्रश्नमा सलिनमानलाई रोजिन् । तर, उनले नायकद्धय पुष्पल खड्का र प्रदिप खड्कामध्ये एक रोज्न भने सकिनन् ।

नायक अनमोल केसीलाई भेट्नुभयो भने के प्रश्न सोध्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्–‘उहाँको बोल्ने तरिका निकै राम्रो छ । यती मिठो कसरी बोलनुहुन्छ भनेर सोध्ने थिएँ ।’ रेबिकाले प्रचण्ड र केपी ओलीमध्ये केपी ओलीलाई रोजिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?