११ पुस, काठमाडौं । कृषि विकास बैंकले अनिल कुमार उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
४ वर्षे कार्यकाल पुरा गरी लिला प्रकाश सिटौला बैंकबाट बाहिरिए पछि रिक्त प्रमुख कार्यकारी अधिकृतमा उपाध्यायलाई नियुक्त गरिएको हो ।
बैंक सञ्चालक समिति समक्ष सपथ ग्रहण गरी बुधबार नै उपाध्यायले पदभार ग्रहण समेत गरेका छन् । उनी कृषि विकास बैंककै पूर्व कर्मचारी हुन् ।
३० वर्ष लामो समय कृषि विकास बैंकमा काम गरेका उपाध्यायले केहि वर्ष अघिमात्रै अवकास लिएका थिए । बैंकको उपमहाप्रवन्धकबाट अवकाश लिएका अनुभवी उपाध्यालाई ४ वर्षे कार्याकालका लागि बैंकको सीईओमा सञ्चालक समितिले नियुक्त गरेको बैंकका प्रवक्ता हिमलाल पौड्यालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4