+
+

कर्णाली सरकारको श्रमदिनः कालीकोटमा मुख्यमन्त्री र मन्त्रीले लगाए झाडु

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १५ गते १३:०७

१५ पुस, सुर्खेत  । कर्णाली प्रदेश सरकारको श्रमदिनको अवसरमा आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको सदरमुकाम मान्माबजारमा सरसफाइ गरिएको छ ।

सरससफाइमा मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यस्तै, प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रशान्ति वृद्धाश्रम र शिव मन्दिर क्षेत्रमा पनि सरसफाइ गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

वीरेन्द्रनगरको कार्यक्रममा प्रदेश सरकारकी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा, मुख्य न्यायधिवक्ता विद्याभुषण मानन्धर, प्रदेश सरकारका प्रमुख सचिव रामप्रशाद थपलियालगायतको सहभागिता रहेको थियो ।

सरसफाइसँगै वृद्धाश्रममा फलफूल वितरण गरिएको थियो ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?