+
+

प्रदेश २ का प्रदेशप्रमुख र प्रधानसेनापतिबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १६ गते १५:२६

१६ पुस, जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान करिब ११ बजे भएके भेटवार्ताका क्रममा प्रदेश २ मा विकास कार्यमा हुन सक्ने सेनाको भूमिका बिषयमा कुराकानी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

भेटका क्रममा प्रधानसेनापति थापाले प्रदेश २ मा महोतरीको बर्दिबास स्थित सैनिक विद्यालय तथा सैनिक अस्पताल सञ्चालन हुने जानकारी गराएका थिए ।

आधा घण्टा भएको भेटवार्ताका क्रममा मोबाइल अस्पतालमार्फत स्वास्थ्य सेवा  सञ्चालन गरिने प्रधानसेनापति थापाले बताए । थापाले मधेसका युवाहरुलाई सेनामा आकर्षित गर्ने योजनाहरु ल्याउने पनि बताएका प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?