कंगना रनावत अभिनित चलचित्र ’मर्णिकर्णिका’ रिलिजको तयारीमा छ । यस चलचित्र जनवरी २५ मा रिलिज हुदैछ । कंगनाको पछिल्लो चलचित्रले बक्सअफिसमा तहल्का मच्चाउन नसकिरहदा उनका लागि यो चलचित्र विशेष छ ।
कंगनाले यस चलचित्रको प्रचारमा कुनै कसुर बाकी राखेकी छैनन् ।
कंगनाले चलचित्रको प्रचारकै समयमा आफ्नो पुरानो दुश्मनीमा हमला बोलेकी छिन् । ‘कफी विथ करण’ कार्यक्रममा उनले करण जोहरको साथमा ऋतिक रोशनको बारेमा फेरि बोलेकी छिन् । कंगना र ऋतिक पहिला नै ‘परिवारवाद’ विवादको कारण कानुनी मामिलामा फसेका थिए ।
कंगनाले भनेकी छिन् कि अहिलेको परिवारवाद विवादमा करण जोहरले उनीसँग माफी मागेका भएपनि ऋतिकले कुनै तवरबाट पत्र पठाएका छैनन् । कंगनाले थपिन्–‘उनलाई बलिउडका केही मान्छेहरुले नै उनलाई बलिउडबाट बाहिर निकाल्न लागेका थिए । हाल कंगना र करणको विवाद त टुंगिएको छ तर, ऋतिक र राकेशसँगको लडाई शान्त पार्ने बिषयमा कंगना तयार छैनन् ।
एक अन्तर्वातामा कंगनाले ऋतिक र उनको बाबु रोशनले कानुनी लडाईको समयमा पनि धम्की दिएको बताएकी छिन् । रोशन परिवारले उनको बारेका केही खास कुरा थाहा भएको र त्यसको खुलासा गरेर वर्वाद गर्दिने समेत बताएका थिए । उनले भनेकी छिन्–‘तर केही भएन । म अहिले पनि तपाईहरुमाझ छु ।’
प्रतिक्रिया 4