
नव–नायिका सुपुष्पा भट्ट आफैलाई सानैबाट नायिकाको रुपमा हेर्थिन् । सानैबाट गीत सुन्ने र ऐना हेरेर नाच्ने उनको बानी थियो । उनलाई सानैबाट लाग्थ्यो कि, उनी नायिका बन्न नै जन्मिएकी हुन् ।
माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’की यी सुन्दरीलाई अहिले आएर आफू लामो रेशको घोडा बन्न सक्छु जस्तो लागेको छ । यसैले, त उनले चलचित्रमा काम गर्नका लागि अभिनय सिक्न थालेकी छिन् । सुपुष्पालाई आफ्नो उचाई मनपर्छ । साथमा, उनलाई आफूले अझै पनि धेरै कुरा सिक्न बाँकी छ भन्ने लागेको छ ।
सुपुष्पालाई यो चलचित्र रिलिज नहुँदै केही चलचित्रबाट अफर आउन थालेको छ । तर, उनी एक्सन कथामा बन्ने चलचित्रबाट अफर आएको खण्डमा आफू अझै उत्साहित हुने बताउँछिन् । चलचित्र ‘रणवीर’को व्यापार हेरेर आफू कसरी अगाडि बढ्ने भन्ने निर्णय लिने उनले सुनाइन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4