+
+

डा. केसीका माग बदलिएनन्, योगेश भट्टराईको स्वार्थ बदलियो : मिन विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ९ गते १७:१८

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मिन विश्वकर्माले डा. गोविन्द केसीका माग अहिले पनि नबदलिएको तर नेकपा नेता योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन् ।

रिपिोर्टस क्लवमा बुधबार आयोजित साक्षात्कारमा बोल्दै पूर्वमन्त्री विश्वकर्माले पहिले गोविन्द केसीका माग ठीक भन्ने नेता भट्टराई स्वार्थ बदलिएपछि बिरोधमा उत्रिएको बताएका हुन् ।

‘गोविन्द केसीका माग ठीक छन भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्नेपनि योगेश भट्टराई नै हो,’ नेता विश्वकर्माले प्रश्न गरे, ‘प्रतिपक्षमा बस्दा एउटा कुरा, सत्तामा पुग्नेबित्तिकै अर्को कुरा ?’

योगेश भट्टराईले सत्ताको कभर लगाएपछि विवेक गुमाएको नेता विश्वकर्माको आरोप छ । ‘मलाई लाग्छ योगेशजी धेरै कुरामा ओलीजीसँग फेल भएको कारणले यो विषयमा पास गरेर देखाउने रहरपनि होला,’ उनले भने, ‘गोविन्द केसीलाई फेल गराएपछि योगेशजी पास हुँला भन्ने होला तर, विवेक प्रयोग गर्ने हो भने योगेशजी सरासर झुठ बोलिरहनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?