+
+

‘भिजिट भिसा’मा गीतले बढायो ‘दाल भात तरकारी’को कौतुहलता

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १६ गते १५:५९

शुक्रबार सार्वजनिक भएको चलचित्र ‘दाल भात तरकारी’को ‘भिजिट भिसा’मा बोलको गीतले युटुबमा मात्र होइन, टिकटकमा पनि राम्रै चर्चा पाइरहेको छ । अहिले टिकटकमा चलचित्रको गीत हिट हुँदा निर्माताहरु यसले चलचित्रलाई फाइदा पुग्ने सोच्छन् ।

चलचित्रका निर्माता किरण केसीले यो गीतलाई टिकटकमा पनि खुबै रुचाइएको र दश हजार भन्दा बढी भिडियो बनेको दाबी गरेका छन् । किरण केसीले दाबी गरिरहँदा यो गीतले युटुबमा पनि राम्रै चर्चा पाइरहेको छ । युटुबको ट्रेन्डिङको पहिलो नम्बर र दोश्रो नम्बरमा तलमाथि गरिरहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियालाई बढी रुचाइएको छ । चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, बर्षा राउत, आँचल शर्मा र पुष्पल खड्कालाई भिडियोमा देख्न सकिन्छ । नायिका निरुता सिंहले लामो समयपछि चलचित्रको गीतमा नृत्य गरेका कारण पनि दर्शकका लागि यो गीत विशेष बनेको छ ।

वैशाखको १३ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?