+
+

आन्दोलनरत मजदुरलाई वार्तामा आउन रेवानको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ २० गते १५:३१

२० माघ, काठमाडौं । नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) ले सेवा शुल्क खारेजीको विरोधमा रहेका मजदुरहरुलाई वार्तामा आउन आग्रह गरेको छ ।

मजदुरहरुको आन्दोलन औचित्यहिन भन्दै रेवानले वार्ता र संवादमार्फत नै समस्या समाधान गर्न अपिल गरेको हो । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवान -काठमाडौं, पोखरा र सौराहा) को गत सोमबार काठमाडौंमा भएको भेलाले ग्राहकहरुबाट लिइने १० प्रतिशत शुल्क हटाउने निर्णय गरेको थियो ।

होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो रेष्टुराँ मजदुर संघ र नेपाल स्वतन्त्र होटेल संघमा आवद्ध मजदुरहरुले सेवा शुल्क हटाउने रेवानको निर्णयमा असहमति जनाएका छन् ।

तर, रेवानले ग्राहकबाट उठेको टिप्स होटल तथा रेस्टुरेन्टमै कार्यरत मजदुरलाई बाँड्ने र व्यवस्थापनबाट पक्षबाट थप सेवा सुविधा उपलब्ध गराउने भन्दा पनि मजदुरहरु अनावश्यक आन्दोलनमा उत्रिएको तर्क गरेको छ ।

सरकारले तोकेको न्युनतम् तलब भत्ता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदा पनि मजदुरहरुले आन्दोलन थाल्नु आपत्तिजनक भएको रेवानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार तीन मजदुर संगठनले एक विज्ञप्ती जारी गरी १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय फिर्ता नलिए देशव्यापी हड्तालमा उत्रिने चेतावनी दिएका छन् ।

माघ २० गते ४ बजे देशभर कोणसभ गर्ने, प्रतिष्ठानस्तरमा सबै खालका विरोधका कार्यक्रम सञ्चालन गर्ने, रेवानलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने, सेवा शुल्क हटाउने रेस्टुरेन्टहरुलाई सञ्चालन गर्न रोक लगाउने, माघ २२ गतेबाट देशव्यापी रुपमा रेष्टुरेन्टहरुमा हड्ताल गर्ने उनीहरुको घोषणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?