+
+

बलात्कार आरोपमा मकवानपुरमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २१ गते १८:३०

२१ फागुन, हेटौंडा । जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बारा करैयामाई गाउँपालिका-३ का २३ वर्षीय जितेन्द्र मुखिया विन र हेटौंडा-११ सिमलटारका २१ वर्षीय बुद्धलाल मोक्तान पक्राउ परेका हुन् ।

विनले १६ वर्षीया किशोरीलाई हेटौंडा उपमहानगरपालिका-५ स्थित साथीको डेरामा लगेर जबरजस्ती करणी गरेकोे प्रहरीले जनाएको छ ।

यस्तै, अर्का आरोपी मोक्तानलाई सुस्त मनस्थितिकी २० वर्षीया महिलालाई आफ्नै घरमा लगी करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

पक्राउ परेका दुबैलाई मुलुकी फौजदारी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ बमोजिम करणी सम्बन्धी कसुर दाबी गर्दै प्रहरीले जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?