+
+

करणको शोका लागि म योग्य छैनः तापसी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २२ गते १५:१८

निर्माता करण जोहरसँग बलिउडका धेरै नायिका नजिक छन् । तर, केही यस्ता नायिका पनि छन्, जो करणसँग निरन्तर आक्रोश पोखिरहेका छन् । जसमा, नायिका कंगना रनावत सबैभन्दा अगाडि छिन् । तर, अब अर्की एक नायिकाले पनि करणसँग दुश्मनी मोलेकी छिन् । चलचित्र ‘बदला’की नायिका तापसी पन्नुले घुमाउरो शैलीमा करणप्रति आक्रोश पोखेकी छिन् ।

करण जोहरको चर्चित टक शो ‘कफि विथ करण’मा थुप्रै नयाँ नायिकाहरु सहभागी भैसकेका छन् । तर, यो शोमा नायिका तापसी पन्नु अहिलेसम्म सहभागी हुने अवसर पाएकी छैनन् । करणको यो शोमा चलचित्र नै रिलिज नभएकी नायिका अनन्या पाण्डे सहभागी भैसकेकी छिन् । यसैविच, हालैमात्र करणको कार्यक्रमको प्रोमोमा कलाकार वीर दासले रमाइलो गर्दै तापसीको नाम जोडेका थिए । यसमा नायिका तापसी पन्नुले घुमाएर जवाफ दिएकी छिन् ।

तापसीले लेखेकी छिन्–‘हाहाहा, रमाइलो । तर, यो ठाउँमा पुग्नका लागि म अझै योग्य भएकी छैन । म यो श्रृङ्खला हेर्नका लागि हताएिकी छु । तपाइहरु सबै एकदमै रमाइलो गर्नुहुन्छ ।’ करणले यो शोमा बलिउडका थुप्रै नयाँ नायिकालाई निम्तो गरेपनि तापसीलाई भने अहिलेसम्म निम्तो गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?