
२६ फागुन, काठमाडौं । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमानमा १४९ यात्रु र ८ चालक दलका सदस्य थिए ।
इथियोपियाको राजधानी आडिस आबाबाबाट उडेको केहीबेरमा स्थानीय समयअनुसार विहान ८:४४ बजे दुर्घटनाग्रस्त भएको हो ।
इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् ।
इथियोपिया एयरलाइन्सले खोजी र उद्दार कार्य सुरु भइसकेको जनाएको छ । दुर्घटनास्थल राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी शहर बिसोफ्टु वरपर भएको अनुमान गरिएको छ ।
अहिलेसम्म दुर्घटनामा हताहतीको संख्या सार्वजनिक गरिएको छैन । दुर्घटनाको कारणबारे पनि उल्लेख गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4