
३ चैत, गुल्मी । गुल्मीमा भिरबाट लडेर बृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रवीन्द्र खड्काले बताए ।
घर्ती आइतबार दिउँसो सोही स्थानकै स्याली भन्ने खरबारीमा दाउरा काटेर घरमा फर्किने क्रममा भीरबाट लडेका प्रहरीको भनाइ छ । लडेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । घर्तीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4