+
+

‘कृ’ निर्माता गिरीद्धारा जन्मदिनमा एम्बुलेन्स हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते ११:५१

चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, पर्व, कृ’ जस्ता चर्चित चलचित्र निर्माण गरेका निर्माता सुवास गिरी समाजसेवामा पनि उत्तीकै व्यस्त छन् । उनै, सुवासले आफ्नो जन्मदिनको अवसर पारेर १० लाख मुल्य बराबरको एम्बुलेन्स गृह जिल्ला सिन्धुलीमा हस्तान्तरण गरेका छन् ।

उनले सिन्धुलीस्थित दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । यस्तै, सुवासले आफ्नै नाममा सुवास फाउन्डेशन संचालनमा ल्याएको समेत जानकारी गराए । उनले, आफ्नो हरेक कमाइको १० प्रतिशत रकम सामाजिक कार्यका लागि सुम्पिने समेत बताए ।

यस्तै, निर्माता सुवास गिरीले चलचित्र ‘भैरवी’ निर्माण हुन नसकेको बिषयमा पनि जानकारी दिएका छन् । चलचित्रको क्यानाभास निकै ठूलो भएको भन्दै तत्काल चलचित्र नबन्ने उनले बताए । तर, दशैं लगतै विग प्रोजेक्टको छायांकन सुरु गर्ने उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?